20.1 C
Kathmandu
December 2, 2021
News

आनन्दकुटी विद्यापीठमा मात्र रु १०० मा भर्ना गरी निशुल्क पढाई

हालको कोभिड महामारीले विश्वलाई नै आक्रान्त पारेको अबस्थामा नेपाललाई पनि धेरै असर पु¥याएको हामी सबैलाई थाहा भएकै कुरा हो । यसै सन्र्दभमा कोभिडको महामारीमा मानविय सहयोग गर्ने लक्ष्य लिई विद्यालयले आफ्नो केहि भवनहरुमा आनन्दकुटी आइसोलेसन केन्द« सफलतापूवर्क सञ्चालान गरी सेवा प्रदान गरेको छ । साथै आर्थिक सामाजिक रुपमा चुनौतिपूर्ण रहेको अवस्थामा सबैले दुःख भोगेको बेला अभिभावकहरुको सहजतालाई ध्यानमा राखी विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट वञ्चित नहोस भनेर वि.स. २००८ सालमा श्रद्धेय भिक्षु अमृतानन्द महास्थवीरज्युले स्थापना गरेको यस आनन्दकुटी विद्यापीठमा यो शैक्षिक सत्रमा जम्मा रु १०० (रुपियाँ सय मात्र) मा भर्ना गराई निशुल्क पढाई हुने जानकारी गर्दछौं ।

ठुलो क्षेत्रफल, खुल्ला मैदान र धेरै भवनहरु भएको यस विद्यालयलाई हरीयो जङ्गलले घेरेकोले स्वच्छ तथा सुन्दर छ । विद्यार्थीको भौतिक, बौद्धिक र आध्यात्मिक बिकासकोलागि चाहिने उपयुक्त्त वातावरण भएको यस विद्यालयले स्थापनाको सात दशक वितिसक्दा देश बिकासको लागि आवश्यक धेरै सक्षम जनशक्ति उत्पादन गरीसकेको छ । अझ त्यसमाथि विश्व सम्पदामा सुचिकृत पवित्र स्वयम्भूको काखमा रहेकोले सशक्त आध्यात्मिक उर्जाले पनि विद्यालय घेरेको छ । समय समयमा देश विदेशका राष्ट्राध्यक्ष लगायत विभिन्न आदरणीय व्यक्तिहरुको आगमनले यस विद्यालयको गरीमा धेरै बढाएको छ । चीनको महामहिम प्र.म चाऊ एन लाइको प्रतिष्ठानको सहयोगमा हालसालै भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न करुणा भवन निमार्ण कार्य सम्पन्न भई सकेको र रोटरी कल्ब लगायत भूतपूर्व विद्यार्थीहरुको सहयोगमा मुदिता भवनको पनि रेट्रोफिटिङ्ग गर्ने कार्य जारी रहेको छ । यसै गरी विभिन्न देश विदेशका संघ संस्थाबाट निरन्तर सहयोगको आश्वासन पनि पाएको छ । इतिहासमा देशकै उत्कृष्ट शिक्षा दिने विद्यालयहरु मध्ये एक यस विद्यालयले हालसम्म पनि गुणस्तरीय शिक्षा दिदैं बौद्ध शिक्षामा पनि जोड दिई आएको छ । वर्तमान समयमा त झन मानसिक विकास गर्न योग ध्यान कक्षाहरु तथा नैतिक विकास गर्न परीयत्ति शिक्षा पनि निरन्तरता दिदैं आएको छ ।

भौतिक कक्षाहरु सञ्चालन नभए सम्मको लागि वैकल्पिक अनलाईन कक्षाहरु व्यवस्थित ढङ्गले सञ्चालन भइराखेकोले तपाईंहरुले पनि समयमा नै यस विद्यालयमा आफ्नो बालबच्चाहरुको नाम दर्ता गराउन सक्नुहुने छ। विदेशका बौद्ध संस्थाहरुसँग हाम्रो सम्बन्ध राख्ने प्रयास जारी छ । यदि सहयोगहरु प्राप्त हुदैं गएमा यस शैक्षिक सत्रमात्र होइन आगामि वर्षहरुमा पनि यसरी नै शुलभ तरीकाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै जान हामी प्रतिबद्ध छौं ।
शैक्षिक सत्र २०७८ भर्ना सम्बन्धमा
१. अनलाईन कक्षा संचालन भईरहेकोले अभिभावकज्युहरुले आफ्नो नानी बाबुहरुको नाम बिद्यालय
प्रशासनमा दर्ता गराउन हुन अनुरोध गर्दछौं ।
२. नयाँ विद्यार्थीहरुको हकमा कक्षाको आवश्यक सिट संख्या अनुरुप कक्षा १ देखि कक्षा ९ सम्म जम्मा
१२० जना नयाँ विद्यार्थीहरु भर्ना लिईने छ ।
३. परीस्थिति सहज भएपछि सरकारको निर्देशन अनुरुप भौतिक कक्षाहरु सञ्चालन गरीने छ ।
यातायातको सम्बन्धमा
१. का.म.न.पा. १५ वडा भित्र न्युनतम शुल्कमा यातायात सेवा प्रदान गरीने छ ।
२. अन्य ठाउँको लागी यातायातको सुविधा हाललाई उपलब्ध नभएता पनि भविष्यमा आवश्यकता
अनुसार यस सुविधालाई बढाईने छ ।
खाजा सम्बन्धमा
१.विद्यालयले न्युनतम शुल्क लिनेगरी आफ्नो क्यान्टिनमा स्वस्थबर्धक खाजाको व्यवस्था गर्ने छ ।
अन्तमा यस्तो विषम परीस्थितिमा यस गौरवशाली ऐतिहासिक आनन्दकुटी विद्यापीठले लिएको अग्रसरतामा यहाँहरुको साथको अपेक्षा राख्दै सबैको सुस्वास्थको कामना गर्दछौं ।
विस्तृत जानकारीको लागि ९८४१८२९६९०/९८४१५६०७३२/९८५१०८८६६६ आनन्दकुटी विद्यापीठ, स्वयम्भू, का.म.पा.– १५

email: bajra_sujan@hotmail.com / anandakuti.vidyapeeth@gmail.com
www.facebook.com/anandakuti.school

Related posts

प्राण शक्ति अर्थात् प्राणायाम

Khoj Sanchar

आफ्नो हेरचाह गरौं र अरुको पनि हेरचाह गरौं

Khoj Sanchar

सात्त्विक सोचले जन्माएको ‘श्रीकुञ्ज होमस्टे’

Khoj Sanchar