8 C
Kathmandu
January 26, 2021
जीवनशैली

समयको व्यवस्थापन

समय आउछ, जान्छ, कसैलाई पर्खिदैन । समयले भेदभाव गर्दैन, सवैको लागी १ दिनमा २४ घण्टा उपलब्ध छ । घण्टा, मिनेट र सेकेण्ड पनि सजिलोको लागी मानवजातिले नै वनाएको हो । समयको व्यवस्थापन होइन, आफु व्यवस्थित हुने हो, आफैलाई व्यवस्थीत गर्ने हो । समय त आफ्नै स्पिडमा दौडी राखेको छ, एक पटक आएको समयमा या त्यो क्षण विते पछि कहिल्यै फर्किदैन । अर्को क्षण, अर्को वर्ष आउछ तर वितेको क्षण त फेरी आउदैन ।

डा. कपिल देव उपाध्याय
वरिष्ट मनोचिकित्सक

२४ घण्टामा आफुलाई कसरी व्यवस्थीत गर्ने त वा प्रत्येक दिन आफुलाई कसरी व्यवस्थीत गर्ने त। समय कसरी विताउने भन्ने, एक्लोपना को अनुभव गर्नेहरुले के गर्ने र आफ्नो काममा अत्यधिक व्यस्थ व्यक्तिहरुले कसरी आफुलाई व्यवस्थित गर्ने भन्ने हो ।

अत्यधिक व्यस्त व्यक्तिहरुले निम्न कुराहरु गर्नु राम्रो :

  • आफुले गर्न नसक्ने र गर्न नभ्याउने कामलाई हुन्छ म गर्छु भन्न भन्दा भन्ने । काम गर्छु भनेर पछी गर्न नसक्नु वा समयमा पुरा गर्न नसक्नु पहिले नै “म व्यस्त छु, काम सक्नुपर्ने धेरै छन त्यसैले मैले गर्न भ्याउदिन र सक्दिन” सुरुमै भन्नु राम्रो मानिन्छ ।
  • व्यस्त व्यक्तिले एकैदिनमा धेरै कामहरु गर्नुपर्छ, त्यो दिन सक्नु पर्ने वा गर्नु पर्ने धेरै कामहरु मध्ये केहि विर्सन सकिन्छ । वेलुका घर फर्के पछी दिउसो गर्नै पर्ने केहि महत्वपूर्ण काम विर्सेको याद आउछ । यस्तो नहोस भनेर आफ्नो नोटवुक वा मोवाइलमा टिप्ने र कुन काम गर्न वाकी छ हेर्ने वानी वसाल्यो भने समस्या आउदैन । प्राय मानिसहरु “यति त म संझी हाल्छु” भन्ने गर्छन र तिनीहरुले नै वढी विर्सन्छन ।
  • कामहरु गर्नुपर्ने धेरै छन र लामो लिस्ट छ भने कुन कामलाई प्राथमिकता दिने कुन कामहरुलाई केहि पछी सार्ने छुट्याउन सकिन्छ ।
  • वेला वेलामा इमरजेन्सी कामहरु पर्छन, थकाई लाग्छ र त्यसैले प्रत्येक काम को वीचमा खाली समय राख्नु पर्छ ।
  • आजकल वढी समय खाइदिने मोवाइल फोन, मेसेज, फेसबुक, इ–मेल आदि हुन फोनमा गफ गर्न लाग्यो भने समय धेरै वित्छ। काममा व्यस्त छु फुर्सदमा कुरा गरौला भन्नु पर्छ, महत्वपुर्ण र इमरजेन्सी कुराहरु वाहेक ।
  • अफिसको काम गर्दा दिमाग लगाएर लेख्नु पर्ने डकुमेन्ट, प्रपोजल, चिठी, पोलिसी आदि अफिस गएपछी गर्न सुरु गर्ने र लञ्च व्रेक वा खाजा खान जानु पहिले लेख्नु राम्रो हुन्छ पछी थकाई लाग्दै गएपछि इमेल आदीमा समय दिन सकिन्छ ।
  • Dead Time  प्राय सवैले अनुभव गरेकै कुरा हो । ट्राफिक जाम, रोड वल्क, डिले फ्लाइट ले आफ्नो सेडयुल धेरै विथोल्न सक्छ । यस्तो हुन सक्छ भनेर तयार हुनुपर्छ भने डेड टाएमलाई कसरी सदुपयोग गर्ने भन्ने सोच्न सकिन्छ । साथीहरुलाई फोन गर्ने, पढन नपाएको किताव पढेन, पढन वाकी रहेको डकुमेन्ट, रिपोर्ट, पत्रिका आदि पढने, ध्यान गर्ने, मानसिक तनाव कम गर्ने अरु तरिकाहरु अपनाउने गर्न सकिन्छ । दिक्क लाग्यो, रिस उठयो भने आफु जस्तै अरु पनि त पर्खि राखेका छन भनेर रिल्याक्स गर्ने प्रयास गर्नु राम्रो हो ।
  • घर पुगेर फ्रेस भएपछी फोन, कम्प्युटर चलाउन नथाल्ने र आफ्नो परिवार खास गरेर छोरा छोरी, श्रीमान श्रीमती वा वावु आमा सँग केहि समय सँगै विताउने गर्न उपयुक्त हुन्छ । अफिसको काम घरमा लैजाने र काम गर्ने वानी सकारात्मक होइन ।

फुर्सद वढी भएका र समय कसरी विताउने भन्नेहरुका लागी केहि तरिकाहरु :

  • खास गरेर वृद्ध वृद्धाहरुमा पहिले धेरै सक्रिय जीवन विताइ रहेको र अहिले कसरी दिन विताउने, को सँग कुरा गर्ने र एक्लोपनाले दिक्क पारेको हुन्छ । वहाँहरुले विहान उठे देखि पुजापाठ, जप, ध्यान र योग गरेर समय विताउनु स्वास्थ्यको लागी राम्रो मानिन्छ ।
  • नजिकको कुनै पार्कमा वा चौरमा मर्निङ वाक गरेर र प्रकृति सँग रमाएर समय विताउनु राम्रो मानिन्छ ।
  • आफुलाई मन पर्ने किताव, पत्र, पत्रिका पढेर केहि समय विताउने ।
  • फिल्म हेर्ने सौकिन ले टेलिभिजनमा फिल्म हेर्न सकिन्छ ।
  • समय समयमा साथीहरुसँग भेटने र समय विताउने गर्नु राम्रो । फोनमा कुरा पनि गर्न सकिन्छ ।
  • संगीत मनपर्नेहरुले संगीत सुन्नु निकै राम्रो हो ।
  • भजन किर्तन, सत्सङ, प्रवचन सुन्ने आदी गर्न सकिन्छ । टेलिभिजन मै धेरै यस्ता कार्यक्रम आउछन ।
  • फेसवुक, टवीटर आदिमा चाख भए केहि समय विताउन सकिन्छ ।

Related posts

स्मृति ध्यान (Mindfulness Meditation) भाग-१

Khoj Sanchar

शौचालयको प्रयोग सँगै सरसफाई पनि जरुरी

Khoj Sanchar

सम्यक स्मृति (Right Mindfulness)

Khoj Sanchar