डिप्रेसन ठूलो जनस्वास्थ्य समस्या हो । सवै मानिसहरु खुसी हुन चाहन्छन, आनन्दको खोजीमा दौडिरहेका छन, माया गास्न र माया गर्न चाहन्छन । जीन्दगी रमाइलो सँग विताउन चाहान्छन । तर डिप्रेसन भएपछी मन नै खुसी हुदैन, रमाइलो नै लाग्दैन र आनन्द नै आउदैन ।
डा. कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक
एकैछिन कल्पना गरौं त ! हामी लाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउदैन भने कस्तो जीन्दगी हुन्छ होला । डिप्रेसनबाट पिडित व्यक्तिहरुले भन्नु हुन्छ “मलाई कसैको माया लाग्दैन” न श्रीमतीको / न श्रीमानको, न वच्चाको । आफ्नै माया लाग्दैन । जे कुरा पनि झर्को लाग्छ । फ्रेस होउ, राम्रा ड्रेसहरु लगाउ, श्रृगार पटार गरु, साथीभाईहरुलाई भेटु, घुम्न जाउँ, वाहिर गएर डिनर खाउँ, फिल्म हेर्न जाउँ, घरमै टि.भी हेरौ, गीत सुनौ, आदी कुनै कुरामा पनि चाख लाग्दैन । परिवारले हेर्दा न ज्वरो, न दुखाई , केहि पनि त छैन किन यस्तो गरेको होला भन्ने लाग्छ । डिप्रेसन भएको व्यक्तिलाई भने कुनै कुरामा रमाईलो नलाग्ने हुनाले समस्या देखिएको हो।
डिप्रेसन हुने कारणहरु धेरै छन जस्तै:
- केहि शारिरीक रोगहरुका कारण, थाइराइडको समस्या, मधुमेह, हृदय रोग, वाथ वा अन्य दिर्घ रोगमा डिप्रेसन हुन सक्छ
- केहि औषधी सेवन गरेका कारण पनि डिप्रेसन हुन सक्छ
- शारिरिक यातनाका कारण र यौन शोषण/वलात्कार भएका कारण
- भावनात्मक चोटका कारण
- वाल्य अवस्थामा भएका, अनुभव गरेका अप्रिय घटनाका कारण
- कुनै पनि कारण न भैकन आफु भित्रैबाट निस्कने/हुने डिप्रेसन
हामीले जाडोमा हुने डिप्रेसनको कुरा गर्दै थियौ । यो हुने कारण हाम्रो जैव–चक्रीय आवर्तन(Circadian Rhythm) मा गडवडी भएर हुन्छ भन्ने छ । यो सरकाडिएन रिदमलाई इन्टरनल कल्क पनि भनिन्छ । हामी राती जाग्यौ भने अन्दाजी यति वज्यो होला भनेर अनुमान यसको मद्दतले गरिन्छ । विहान ४ वजे नै जागेर तयार हुनु छ भने पनि यसले नै ४ वजे जगाउछ । निन्द्रा ठिक समयमा लाग्ने र विहान ठिक समयमा खुल्ने पनि इन्टरनल कल्कले गर्छ । सरकाडिएन रिदम गडवड भयो भने समयमा निन्द्रा नआउने, या साझ पख नै निन्द्रा लाग्ने, या ज्यादै वढी निन्द्रा लाग्ने जस्ता समस्याहरु हुन्छन ।
जाडो याममा हुने डिप्रेसन कार्तिक मंगसीर तीर सुरु हुन्छ र चैत, वैशाख तीर हराउदै जान्छ वा निको हुन्छ । यदि कसैलाई पहिले देखि नै डिप्रेसन छ भने जाडो महिनामा बढछ । जाडोयाममा हुने डिप्रेसनलाई Seasonal Depression पनि भनिन्छ र यसका लक्षणहरु केहि फरक खालका हुन्छ ।
डिपे्रसनमा भोक नलाग्ने र निन्द्रा नपर्ने हुन्छ तर जाडोयामको डिप्रेसनमा भोक वढी लाग्ने र निन्द्रा पनि बढी लाग्ने हुन्छ। धेरै खाना खाएका कारणले वजन वढन समेत सक्छ । डिप्रेसनले वा जाडोयाममा हुने डिप्रेसनले काममा वाधा पर्छ, पढाईमा वाधा पार्छ र आफ्नो दैनिकीमा असर पारेकै हुन्छ ।
सरकाडिएन रिदम वा इन्टरनल कल्क सकभर गडवड नहोस भन्ने हो भने सधै जसो एउटै समयमा सुत्ने र ठिक समयमा उठने गर्नुपर्छ । आधा घण्टा अगाडी पछाडी भएर फरक पर्दैन अर्थात आधा घण्टा छिटो वा ढिलो सुत्न सकिन्छ र त्यसरी नै विहान उठन सकिन्छ । जतिवेला मन लाग्यो सुत्ने र उठने वानीले इन्टरनल कल्कमा गडवडी आउछ ।
जाडोयाममा हुने डिप्रेसनको कारण सूर्यको प्रकाश सँग पनि जोडिएको छ । जाडोमा घाम ताप्न कति आनन्द आउछ सवैले अनुभव गरेकै कुरा हो । डिप्रेसनको औषधीको अलावा Light Therapy ले पनि जाडोयामको डिप्रेसनको उपचार गरिन्छ ।
Six Best Doctors को हुन वा के हुन ?
- सुर्य र सुर्यको ताप र प्रकाश–वनस्पती, विरुवा, फूलहरु र समस्त प्राणी जगतको लागी अती आवश्यक मानिन्छ।
- आराम(Rest and Sleep) ले उर्जा दिन्छ, रोगसँग लडने क्षमता वढछ।
- शारिरिक व्यायाम -डिप्रेसन लगाएत धेरै रोगहरुबाट वचाउछ र स्वास्थ्य राम्रो राख्छ।
- खानपिन वा आहार – हाम्रो स्वास्थ्य राम्रो राख्न महत्वपूर्ण योगदान स्वास्थ्यकर आहारले गर्छ।
- आत्मविश्वास – म गर्न सक्छु र गरेर देखाउछु भन्ने विश्वासले अगाडी वढाउछ।
- साथीभाई(Friends) आफ्ना दुःख सुख वाडने, एक अर्कालाई सहयोग गर्ने घरको परिवार लगाएत साथीहरु।
सवै वालक देखि वृद्धा वस्था सम्म ठूलो महत्व राख्ने यी Six Best Doctors को महत्व वुझने हो र सहि उपयोग गर्ने हो भने स्वास्थ्य राम्रो हुन्छ र धेरै रोगहरु वाट वच्न सकिन्छ ।