एक जना पैसा कमाउन धेरै चलाख धनी व्यक्ति रहेछन । २ दिन छुट्टी विताएर आनन्द लिनु प¥यो भनेर समुद्रको किनारमा विहानी पख घुम्दै एकान्त स्थलमा पुगेछन । सूर्य भर्खरै उदाएका, नरीवलका अग्ला अग्ला वोटहरु र विहानी पखको मन्द हावाले वातावरण निकै रमणीय वनाएको रहेछ । त्यहि एकान्त स्थलमा एक जना मछुवा आफ्नो डुँगामा वसेर आनन्द लिइ रहेको ती व्यापारीले भेटेछन ।
डा.कपिल देव उपाध्याय
वरिष्ट मनो चिकित्सक
ए मछुवा भाई, विहानको यस्तो शीतल वातावरण, समुद्रको पानी कस्तो सफा, यस्तो वेलामा त तपाईले धेरै माछा मार्न सक्नु हुन्छ नि ? किन त्यसै वसी राख्नु भएको भनेर ती व्यापारीले मछुवालाई सोधेछन ।
- मैले आफुलाई चाहिने माछा मारी सके, अहिले यहाँ वसेर थकाई मारी रहेछु र आनन्द लिई राखेको छु भन्ने जवाफ मछुवाले दिएछन ।
- हैन हैन तिमी अहिले माछा मार्न गयौ भने धेरै माछा मार्न सक्छौ नि ? होइन र भनेर ति व्यापारीले सोधेछन ।
- हुन त हो तर के को लागी ? भनेर मछुवाले भनेछन ।
- ल, धेरै माछा मा¥यौ भने, तिमीलाई फाइदा हुनेछ, माछा वेचेर धेरै पैसा कमाउन सक्छौ, पैसा भएपछि मोटर वोट किन्न सक्छौ, मोटर वोट भयो भने तिमी समुद्रमा धेरै भित्र अथवा टाढा सम्म गएर ठूलठूला माछा मार्न सक्नेछौ र त्यस पछि त फाइदै फाइदा, पैसै पैसा हौइन र ।
- त्यस पछि के हुन्छ त । भनेर मछुवाले सोधेछन ।
- तिमिले मोटर वोट थप्दै जान सक्छौ, आफ्ना गाउँलेहरुलाई काममा लगाउन सक्छौ र अरु धेरै धेरै धन कमाउन सक्ने छौ भनेर व्यापारीले सुझाव दिएछन ।
- त्यस पछि के हुन्छ त । भनेर मछुवाले भन्दा रहेछन ।
- धेरै पैसा भएपछि तिमिले आफ्नो लागी राम्रो घर वनाउन सक्ने छौ, पैसा कमाएपछि मनमा आनन्द आउने छ, जीन्दगीको मजा लिन पाउने छौ, रिल्याक्स गर्न पाउने छौ र आनन्द लिन पाउने छौ भनेर व्यापारीले सल्लाह दिएछन ।
- मछुवाले हास्दै भनेछन, तपाईको सुझावको लागि धेरै धेरै धन्यवाद । तर तपाईले देख्नु भएन र मैले त तपाईले भने जस्तै आनन्द त अहिले लिई राखेको छु ।
ती व्यापारीले आफ्नो सोचाई पैसा कमाउने विचार र पैसा कमाएर मात्र आनन्द लिन सकिन्छ भन्ने विचार ति मछुवा माथी लाद्न खोजेकोमा दुःख लागेछ, आफुलाई गल्ती गरेको महसुस भएछ र नजिकै गएर मछुवाका दुवै हात समातेर मछुवाको कुरामा टाउको हल्लाएर सहमती जनाएछन ।