8 C
Kathmandu
January 26, 2021
News स्वास्थ्य

आफ्नो हेरचाह गरौं र अरुको पनि हेरचाह गरौं

स्वास्थ्य सेवा दिइ रहेका विशेषज्ञहरु र अन्य स्वास्थ्य कर्मीहरुलाई, आफ्नो स्वास्थ्यको कसरी ख्याल राख्ने भन्ने वारे जानकारी त हुन्छ तर जानकारी हुदैमा ख्याल राख्छन भन्ने निश्चित भने छैन । कामको वोझले, डयूटी नगरी नहुने स्थितीले, विरामीलाई छोडेर हिड्न नमिल्ने स्थीतीले आदि अनेक कारणहरु हुन सक्छन । अहिले कै covid-19 ले अप्ठयारो स्थीती ल्यायो, धेरै जनाले वढी कामको वोझ लिने र लामो समय खटिना ले मानसिक तनाव त छ दै छ, सामाजीक र पारीवारीक जीवनलाई पनि अप्ठयारो पारेको छ ।

डा. कपिल देव उपाध्याय
वरिष्ट मनोरोग विशेषज्ञ

आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्नुपर्छ भन्ने उदाहरण दिदा प्राय सम्झाउने गरिन्छ हाम्रो हृदयले पनि पहिले आफुलाई नै रक्त संचार गर्छ वा Blood supply गर्छ र अनिमात्र शरिरमा रगत पम्प गर्छ । त्यस्तै इन्टरनेसनल फ्लाइटमा एयर होस्टेजले प्लेनको् क्यावीनमा अक्सीजनको प्रेसर कम भए, अक्सीजन मास्क आफ्नो अगाडी खस्छ, पहिले आफुले मास्क लगाउनुस र केटाकेटीलाई लगाई दिनुस भन्छन । अर्थात आफ्नो हेरचाह गर्न नसके, आफै विरामी परिन्छ, त्यसपछी विरामीहरु लाई कसरी सेवा दिने, परिवारजनलाई कसरी हेर्ने ।

आफ्नो स्वास्थको ख्याल नराख्ने स्वास्थ्य कर्मीहरुमा Compassion Fatigue, Burnout, डिप्रेसन, चिन्तारोग, एक्लोपना, आफ्नो व्यवासाय ठिक रहेनछ भन्ने सोच, कमजोर मनोवल, काममा ध्यान केन्द्रित गर्न नसक्दा गल्ती हुने र भावनात्मक रुपले अत्यधिक थकानको अनुभव गरेको पाइन्छ । त्यसैले स्वास्थ्यकर्मीमा आत्महत्याका घटनाहरु पनि हुने गरेका छन ।

Covid-19 मा आफ्नो भन्दा विरामीहरुको आवश्यकता निश्चय नै वढी हुन्छ, तर आफै विरामी परेमा, विरामीको सेवा गर्न सकिन्न भनेर आफ्नो स्वास्थ्यको पनि राम्रो हेरचाह गर्नु पर्छ । विरामी र उनका अभिभावकहरुले स्वास्थ्यकर्मीको मनोवल वढाउने प्रयास गर्नु पर्छ ।

पश्चिमि देशहरुमा स्वास्थ्यकर्मीहरुको लागी “Self-compassion, genuine care and kindness for oneself” जस्ता कुराहरु गरिदैछ । मानसिक तनावलाई कसरी व्यवस्थापन गर्ने, self-compassion को प्राक्टीस कसरी गर्ने, स्मृति ध्यानले शारिरिक र मानसिक स्वास्थ्यमा कसरी सुधार गर्छ, प्रेम, करुणा र खुला हृदयले कसरी सकारात्मक उर्जा प्रभाव गर्छ भन्ने कुरा लाई महत्व दिइदैछ ।

हाम्रा ५ ज्ञानेन्द्रियहरुले सधै वाहिरी संसार तीर नै हेरिरहेका हुन्छन, राम्रो हेर्ने, राम्रो सुन्ने, मिठो खाने, राम्रो सुध्ने र स्पर्स गर्ने तर्फ मात्र आकर्षित हुन्छन । मन नपर्ने कुराहरु पन्छाउछन । स्मृति ध्यानको प्राक्टीसले आफु भित्रको संसारलाई हेर्न सिकाउछ । आफ्ना विचारहरुलाई, आफ्ना भावनाहरुलाई र आफ्ना वेदनाहरुलाई हेर्न, जान्न र वुझ्न सिकाउछ । आफु भित्र राग, द्वेष, रिसलाई कन्ट्रोल गर्ने कसरी आफ्ना कुराहरु भन्ने र अरुका कुराहरु सुन्ने भन्ने पनि सुधार हुन्छ । जीवन के हो, मानवता के हो र जीवन कसरी राम्रो सँग जिउने भन्ने पनि होस हुन्छ ।

रातदिन सिकिस्त विरामीको उपचार र वेला वेलामा विरामीको मृत्युको सामना गरिरहेका स्वास्थ्यकर्मीहरुकले विरामी र विरामीका आफन्तहरुको खुशी, दुःख, निरासा, रिस, फ्रस्टेसन आदी सवै कुराको सामना गरि रहेका हुन्छन । विरामीको आफन्तले सवै विरामी अस्पतालमा निको हुनुपर्छ भन्ने मान्यता राखे चित्त वुझाउन कठिन हुन्छ । कहिले काँही अस्पतालमा उपचार गराउन आएको विरामी कम्प्लीकेसन भएर मृत्यु पनि हुन्छ । संसारमा कुनै कुरा पनि परफेक्ट छैन र मेडिकल साइन्स पनि परफेक्ट छैन ।

मनोचिकित्सक, मनोविद र साइक्याट्रिक सोसल वर्करले डिप्रेसन, चिन्तारोग र भावनात्मक पिडा भएका विरामीहरुको कुरा राम्रो सँग सुन्नु पर्छ । विरामीको पिडा दिनका दिन, पटक पटक सुन्दा उनीहरुलाई नै केहि असर पार्न सक्छ । राम्रोसँग कुरा सुनेन र समस्या वुझेन भने उपचार सफल हुदैन ।

Mind and Brain  वारे धेरै रिसर्च गरेका अमेरिकन प्रोफेसर रिचर्ड डेभिडसनले Healthy Minds का चार वटा खम्वा भन्दै भन्छन:

  • (१) Awareness वा जागरुकता र आफ्नो ध्यान फोकस गर्न सक्ने क्षमता राम्रो हुनुपर्छ
  • (२) Connections वा सम्वन्ध: पारिवारिक र सामाजिक सम्वन्ध प्रेम पूर्वकको छ वा छैन
  • (३) Insight वा अन्तरदृष्टि: हामीले आफुलाई र आफ्नो वारेमा कस्तो सोच्छौ, सकारात्मक सोच छ कि छैन
  • (४) Meaning and Purpose in life जीवनको उद्देश्य के हो , त्यसको लागी काम गरेका छौ कि छैनौ

यी खम्वाहरु वलियो हुनु पर्छ भन्छन । उनी भन्छन मनलाई तालीम दिएर यी चार वटै खम्वाहरु वलियो वनाउन सकिन्छ । चिकित्सक लगाएत सवै स्वास्थ्यकमीहरु र अन्य जो कोहिलाई पनि तनाव व्यवस्थापन गर्न र जीवनमा आइपर्ने समस्याहरुका लागी Healthy Minds चाहिन्छ ।

त्यस्तै Resilience वारे केहि शब्दहरु । अपठयारो परिस्थिति परेको वेलामा त्यसको सकभर राम्रो व्यवस्थापन गरेर पहिलेकै अवस्थामा फर्किन सक्ने क्षमतालाई Resilience भनिन्छ । यस्ता व्यक्तिले जीवनमा समस्याहरु सवैलाई आइपर्छन र आफुलाई पनि आउछन भन्ने स्वीकार गर्छन । मानौ कि आफु विरामी परियो वा आफ्नो परिवारमा समस्याहरु परे भने, सव भन्दा राम्रो र गर्न सकिने समाधान के हुन सक्छ, प्रयास गर्छन । आफुलाई पर्दा सहयोग लिन र अरुलाई आवश्यक पर्दा सहयोग दिन सक्छन । यदि समाधान छैन भने स्वीकार गर्न पनि सक्छन ।

आजकल पश्चिमी देशहरुमा Self-compassion को कुरा धेरै गरिदै छ। यो भनेको आफ्नो हेरचाह आफैले राम्रो सँग गर्ने, आफैलाई प्रेम गर्ने र आफैलाई सहायता गर्ने हो । आफु भित्र आउने भावनात्मक पिडा आफुलाई मात्र थाहा हुन्छ, त्यसको व्यवस्थापन, सकभर आफुले कसरी गर्ने भन्ने जानकारी पनि हुनुपर्छ । मानव जीवन भनेको नै दुःख र सुखको मिश्रण हो, यो जीवन Perfect छैन, दुःख वाट कोही पनि मुक्त छैन । दुःखलाई स्वीकार्नुको विकल्प पनि छैन । दुःखलाई स्वीकारेर कसरी वाहीर निस्कने भन्ने मात्र हो। Covid-19 ले त दुःख वारे सवै मानिसलाई, संसारभरीनै झस्काएको छ । सवैले आफ्नो मनोवल वलियो पारौं, आफ्नो हेरचाह गरौं र अरुको पनि हेरचाह गरौं ।

Related posts

अवचेतनमन, विश्वास र रोगहरुको उपचार

Khoj Sanchar

स्मरण शक्ति बढाउन रंगीन फलफुल

Khoj Sanchar

यी ५ कुरा अनुहारमा लगाउनाले कुरुप बनाउँछ

Khoj Sanchar