के तपाइलाई धेरै रिस उठछ ? के अरुले तपाईलाई धेरै रिसाउछ वा रिसाउने मान्छे भन्छन ? रिस धेरै शक्तिशाली भावना हो, पावर फुल इमोसन हो भनिन्छ ।
डा. कपिल देव उपाध्याय
मनोचिकित्सक
विज्ञानले सवै कुरा इनर्जी हो भने जस्तै रिस पनि निकै वलियो इनर्जी हो । सेक्स इनर्जी सवभन्दा वलियो मानिन्छ भने रिस दोश्रो वलियो इनर्जी हो ।
रिस मश्तिस्कमा उत्पन्न हुन्छ, मश्तिस्क को एमिगडेला रिसको मुहान मानिन्छ । रिसले रिसाउने व्यक्तिलाई सवैभन्दा वढी नोक्सानी गर्छ । रिसको कारण हुने स्वास्थ्य समस्याहरुमा मुटु पोल्ने (Heart burn), पेटको अल्सर, रक्तचाप वढने, मुटुको धडकन वढन, मदिरा सेवन, डिप्रेसन र हृदयघात वा हर्ट एट्याक मानिन्छन ।
धेरै रिसाएको वेलामा मुटुको धडकन वढने, वल्ड प्रेसर वढने र हृदय घात हुन सक्ने भएकाले पनि रिस कन्ट्रोल गर्ने तरिकाहरु रिसाउने व्यक्तिले जान्नु पर्छ । रिसाएको वेलामा आखा तथा अनुहार कस्तो देखिन्छ भनि राख्नु नपर्ला ।
रिस कन्ट्रोल गर्न चाहनुहुन्छ भने निम्न तरिकाहरु अपनाउनुस :
- रिस उठेको वेलामा “मलाई रिस उठेको छ” भन्नुस । कहाँ याद हुन्छ र भन्नु होला, प्राक्टीस गरे याद हुन्छ ।
- रिस उठेको छ भन्ने याद गर्दै ५ देखि १० पटक सम्म लामो लामो स्वास लिने र छोडने गर्नुस ।
- एक गीलास पानी विस्तारै पिउनुस ।
- रिस उठदा सवभन्दा वढी नोक्सान आफैलाई हुन्छ भन्ने याद गर्नुस ।
- २० देखि उल्टा गन्दै १ सम्म आउनुस अर्थात २०, १९, १८, १७………….१ सम्म आउने ।
- सकभर एक घण्टा जति कसैलाई फोन, इमेल नगर्नुस ।
रिसाएको वेलामा हाम्रो शरिरमा एडरेनलिन र कर्टिसोल भन्ने रसायनिक तत्व निस्कने र तिनले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउने हुदा रिसको व्यवस्थापन गर्न जान्नु आवश्यक छ ।
रिसाएको वेलामा जे वोलिन्छ जे गरिन्छ र जे निर्णय लिइन्छ ती सहि हुदैनन ती ठिक निर्णय हुदैनन । प्राय मानिस रिसको झोकमा आफुले गरेको व्यवहारमा, आफुले गरेको निर्णयमा पश्चाताप गर्छन त्यस्तो नगर्नु पर्ने मन मनै भन्छन तर आफ्नो अहँको भावले गर्दा आफ्नो गल्ती भनि स्विकार्दैनन ।
यदि तपाईलाई कसैले गाली ग¥यो, हप्कायो, मन दुख्ने कुरा भन्यो भने मनमा चोट लाग्छ कि लाग्दैन । यदि तपाइको मन दुख्छ भने अरुको पनि मन दुख्छ नि । कसैले गल्ती नै गरेको छ भने सम्झाउन वुझाउन सकिन्छ, रिस पोखे पछि समस्याहरु वढछन घटदैनन।