24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

विरामीको कुरा सुन्नु र सात्वना दिनु पनि उपचार हो

मलाई प्रेरणा दिने एकजना विरामी वारे लेख्न चाहन्छु, ५० वर्ष जतिका गाउँले पुरुष आर्थिक स्थिति कमजोर छ भन्ने वहाँले लगाएको कपडा, जुत्ता वाट झल्किन्थ्यो । आफ्ना समस्याहरु १,१ गरेर वताउनु भयो, मैले वहाँका सवै कुरा सुनिसकेपछि वेडमा सुत्नुस एक पटक जाँचेर हेरौ भने । सामान्य जाँच गरेपछि वहाँ लाई औषधी लेखिदिए । वहाँले धन्यवाद भन्दै भन्नुभयो “डाक्टर साहेव, मेरो कुरा ध्यान दिएर सुन्नुभयो, र जाँच पनि गर्नु भयो, म जस्ता गाउँले लाई यति प्रेम पूर्वक सुन्ने र जाँच्ने तपाईको व्यवहार वाट म धेरै खुसी छु, धन्यवाद । विरामी निको नहुनेमा धेरै कुराहरुमा भरपर्छ, तर हामीले धनी, गरिव जो विरामीलाई पनि राम्रो व्यवहार गर्ने, वहाँका कुराहरु सुन्ने र परिक्षण गरेर चित्त वुझाउनु पर्दो रहेछ भन्ने मैले ठूलो शिक्षा पाए र अनुभव गरे ।

डा. कपिल देव उपाध्याय
वरिष्ठ मनोचिकित्सक

त्यस्तै एक जना ५५-५६ वर्ष कि महिलाले जचाउन आउदा आफ्नो गुनासो पोख्नु भयो र निकै रुनुभयो “मैले नरुनु पनि भनिन किनकि वहाँका पिडाका आँशु थिए र केहि समय पछी अव म के गरौ ? भन्नु भयो । तपाईले छोरा पाँउदाको घटना वताउनुस भने । वहाँले धेरै खुसी लागेको वताउनु भयो । वहाँले छोरा पाँउदाको खुसी मातृ प्रेम थियो, कुनै स्वार्थ थिएन, मैले वढी आशा गरे छु छोरा–वुहारीवाट, तर अव त्यस्तो आशा गर्दिन भन्नु भयो । वहाँले रोयर पिडा पोखे पछी मन हलका भयो, आमाको माया निस्वार्थ हुन्छ भन्ने वहाँले वुझ्नु भएको रहेछ र वढी आशा गर्नु दुःखको कारण हो भन्ने आफै वुझ्नु भयो । रुन सक्नु र पिडा पोख्नु पनि एक प्रकारको उपचार रहेछ भन्ने लाग्यो । विरामीले आफ्नो समस्या आफै र छिटै बुझेको देख्दा खुसी लाग्यो ।

अन्दाजी ३० वर्ष कि महिला २ वटा १० वर्ष र १२ वर्षका छोरा माया गर्ने सासु–ससुरा, तर श्रीमान अर्कै महिला सँग पल्केका २ वर्ष भएछ । जति भन्दा पनि नमान्ने । पिरै पिरले, अव किन वाच्ने मर्दिन्छु भन्ने सोच वारम्वार आउन लागेपछी म कहाँ आइ पुगिन। श्रीमानले पहिला धेरै माया गर्ने तर अहिले रिसाउने मात्र गर्दा रहेछन । ति अर्कि महिला , जोसँग विहे गर्न श्रीमान तयार थिए, उनलाई भेटेर आफ्नो श्रीमानलाई छोडिदिन अनुरोध पनि गरिछन । आफ्नो श्रीमानलाई रोक्न नसक्ने, मैले केहि गर्न सक्दिन भन्ने जवाफ पाइछन । छोराहरुको माया लाग्छ कि लाग्दैन भनोस भनेर माया सोध्दा धेरै माया लाग्छ भनेर रोइन । मानौ कि तपाईले आत्महत्या गर्नु भयो भने के हुन्छ भन्दा श्रीमानले ति महिलालाई विहे गर्छन भनिन । तपाइको छोराहरु नी ? भन्दा दुःख पाउछन, उसले हेला गर्छे भनिन । तर उनमा अचानक भित्रै वाट विचार आयो “म मरे श्रीमान र ती महिलालाई आनन्द र छोराहरुलाई दुःख हुन्छ” भनेर । आफै भनिन आत्महत्या गर्दिन, सासु–ससुरा सँग वस्छु, श्रीमानको मतलव राख्दिन ।

चाइनिज भाषामा सुन्नुलाई कान र मुटु (ear and heart) को चित्रले जनाउछ रे । अर्थात अरुले भनेको मन लगाएर सुन्यो भने मात्र राम्रो गरी सुनेको मानिन्छ । यदि कसैले काम गर्दा गर्दै वा टेलिभिजन हेर्दै वा पुस्तक वा अखवार पढ्दै अँ भन्नुस् त मैले सुनेको छु भन्छ भने यसलाई सुन्नु भनिदैन । यस्तो सुनाईलाई ध्यान नदिएको, सुनेको वहाना पारेको अरुको कुरामा चाख नलिएको, कुरा गरिरहेको मानिसलाई महत्व नदिएको, कुरा पन्छाउन खोजेको आदि जे भन्दा पनि हुन्छ ।

अरुले कुरा गरेको ध्यान दिएर सुन्न सक्नु एउटा कला हो । अरुको विचारलाई र भावनालाई महत्व दिएर सुन्नु भनेको वोल्ने व्यक्तिलाई आदर गरेको पनि हो । विरामी परेको वेलामा वा विभिन्न समस्या परेको वेलामा उनका कुरा सुन्नु भनेको उनको समस्या वुझ्नु हो । धेरै जसो समस्या परेका वेलामा उनको कुरा कसैले ध्यान पूर्वक सुनिदियो भने, ती व्यक्तिको समस्या समाधान गर्न पनि सहयोग हुन्छ किनकि आफ्ना समस्याहरु केलाउदै जाँदा त्यसका समाधान पनि ती व्यक्तिले आफै भेटाउन सक्छन ।

कानले सुन्ने भनियता पनि सुनेका शब्दहरु मश्तिस्कको सुन्ने केन्द्रमा पुगेर अर्थ लागे पछी वल्ल बुझिन्छ । मश्तिस्कले वा मश्तिस्कका विभिन्न केन्द्रहरुले एक पटकमा एउटा कामलाई मात्र राम्रो सँग ध्यान पु¥याउन सक्छन । मल्टी टास्कीङ गर्न धेरै कुरामा फोकस गर्नु पर्छ त्यसैले राम्रो मानिदैन । हामीले छिन छिनमा मोवाइल, फेसबुक आदि सोसल मिडियाको प्रयोग गरी रहयौ भने आफ्नो मुख्य काममा ध्यान एकत्रित गर्न सकिदैन । पढदा वा काम गर्दा जति सरलिकरण गर्न सक्यो त्यति संझिन सजिलो हुन्छ । जति रिल्याक्स भएर काम ग¥यो त्यति ध्यान एकिकृत हुन्छ ।

एक्टीव लिसनिङ वा मनोचिकित्सकले

साइकोथेरापीका सेसनहरुमा मनोविदले आफ्नो ग्राहकका कुरा निकै ध्यान दिएर सुन्ने गर्छन जसलाई एक्टीव लिसनिङ भनिन्छ । यस्तो सुन्ने कलालाई समस्याको समाधानका लागी महत्वपूर्ण मानिन्छ । शिक्षकहरु, मैनेजरहरु, चिकित्सकहरु, मनोविदहरु र जर्नलिस्टहरु धेरैले सुन्ने कला जानेका हुन्छन । ग्राहकहरु खुसी हुन वा सन्तुष्ट हुन भन्नको लागी पनि सुन्ने कला राम्रो हुनु पर्छ ।

मानिसहरु अरुको कुरामा किन ध्यान दिदैनन ?

धेरै मानिसहरुमा अरुको कुरा सुन्ने धैर्य हुदैन, कति वेला आफ्नो कुरा भनौ र सुझाव दिउँ भन्ने हतार हुन्छ । तर अरुले वोलेको कुरा पुरा नसुनी विचमै वोल्नु राम्रो होइन र अरुको कुरा राम्रो संग सुन्नुको वदला उल्टै आफ्नो कुरा सुनाउन थाल्नु झन राम्रो होइन । नेपाली समाजमा आफन्त विरामी परेको वेलामा भेट्न जाने चलन छ । त्यस्तै आफ्नो दाजुभाई, छिमेकी, नातपात आदिको मृत्यु हुँदा परिवारजनलाई भेट्न जाने चलन छ यो आफैमा निकै राम्रो चलन हो । तर कति मानिसहरु, त्यस्तो वेलामा पनि आफ्नै कुरा गर्ने, आफ्नै दुखेसो पोख्ने वा हाँस ठट्टा गर्ने गर्दछन र यस्तो गर्नु राम्रो मानिदैन । त्यस्तो वेलामा त दुःखी र पिडित परिवारजनले वोलेको कुरा, उनीहरुका विचारहरु र उनीहरुका भावनाहरु राम्रो संघ ध्यान पूर्वक सुनिदियो भने मृतक प्रति वास्तविक श्रध्दाञ्जली र परिवार प्रति सान्त्वना दिएको मान्न सकिन्छ । अरुको कुरामा ध्यान दिने वा सुन्ने, यो कला नजानेर वा वोल्ने व्यक्तिलाई महत्व नदिएर हुन्छ । त्यस्तै कुरा सुन्ने फूर्सद नभएर, सुन्ने धैर्यता नभएर वा चाख नलागेर हुन्छ । आफ्नै परिवारमा एकले अर्काको कुरा नसुन्ने र अफिसमा पुरा कुरा नसुनि र नवुझि निर्णय लिने गर्दा समस्याहरु वढदै जान्छन ।

विरामीको कुरा सुन्नु र सात्वना दिनु पनि उपचार हो

त्यस्तै गरेर विरामी परेको वेलामा विरामीलाई अनेक किसिमको डर, त्रास, संखा लागेको हुन्छ, आफ्नो स्वास्थ्य प्रति चिन्ता लागेको हुन्छ र आफ्नो परिवार वारे विभिन्न सोचाइहरु आइरहेका हुन्छन । यी विभिन्न विचार र भावनाहरुले विरामीलाई एक प्रकारको उकुस मुकुस भइ रहेको हुन्छ । यस्तो वेलामा उनका विचार र भावनाहरुलाई मन लगाएर सुनिदियो भने औषधी उपचारको काम गर्दछ । किनकि उकुस मुकुस गराउने भावनाहरु वाहिर आएपछि मन हलुका हुन्छ, मानसिक तनाव कम हुन्छ र यसले औषधीको काम गर्छ । औषधीको कुरा गर्दा आफुभित्र गुम्सिएका भावनाहरुलाई कम गर्ने औषधी कुनै छैन, अर्थात कुनै चक्की, क्यापसुल वा झोल छैन । यस्तो अवस्थाको औषधी भनेको गुम्सिएको भावनालाई वाहिर ल्याउनु हो र वाहिर ल्याउनको लागि एकजना विश्वासिलो पात्र चाहिन्छ जसले आफ्ना कुराहरु मन लगाएर सुनिदियोस र अरुलाई नभनिदेओस् ।

कतिपय कुराहरु धेरैले गोप्य राख्न खोज्दछन, आफ्नो विश्वासिलो साथी वा उपचार गर्ने मनोवैज्ञानिक वा चिकित्सक संग मात्र भन्न चाहन्छन । यदि काउन्सेलर वा चिकित्सकले आफ्नो कुरामा ध्यान दिएको देखेनन् भने विरामीले आफ्ना कुरा वताउनु व्यर्थ छ भन्ने वुझ्दछन र वताउदैनन् । आफ्ना कुरा ध्यान पूर्वक मन लगाएर सुनेको देखेपछि मात्र उनीहरु आफ्ना सवै कुरा वताउन तत्पर हुन्छन । फेरि आफ्ना कुराहरु मन लगाएर ध्यान पूर्वक सुन्ने व्यक्तिलाई कसले मन नपराउला ? ध्यान पूर्वक मन लगाएर सुन्नु भनेको ति व्यक्तिलाई आदर गर्नु हो, सम्मान गर्नु हो, महत्व दिनु हो, उनको भलाई चाहनु हो र उनलाई छिटो राम्रो होस् भन्ने हो ।

राम्रोसंग मन लगाएर सुन्छु भन्ने इच्छा हुँदा हुँदै पनि कहिले काँही अप्ठ्यारो परिस्थीती आउन सक्छ । मानौ यस्तो विरामी हुनु हुन्छ जसको रोग निको नहुने खालको छ, वहाँ अन्तिम अवस्था तीर आइसक्नु भएको छ, सवैजनालाई अव केहि उपचार हुन सक्दैन भन्ने थाहा छ त्यस्तो अवस्थामा के गर्ने ? विरामीको अगाडी गएर आफै रुन थाल्नु भनेको विरामीलाई अझ विचलित गराउनु हो र यस्तो त गर्नै हुदैन । यस्तो अवस्थामा चुपचाप विरामी संगै वस्नु राम्रो हो वा आफ्नो हात विरामीको हातमा राख्नु राम्रो हो । एक अर्कालाई हेर्दा पनि धेरै कुरा आदान प्रदान भएको हुन्छ, शरीरको हाउ भाउले पनि धेरै कुरा वोलेको हुन्छ र ह्रदय ह्रदय विचमा पनि सम्वाद भएको हुन्छ । मुख्य उद्देश्य त विरामीलाई कति माया गर्छु र कति ध्यान दिन्छु भन्ने दर्शाउनु हो, आफ्नो माया र प्रेम देखाउनु हो । त्यसको लागि एक शब्द नवोलिकन पनि आफ्नो माया र प्रेम देखाउन सकिन्छ, आफ्ना भावनाहरु विरामीलाई वुझाउन सकिन्छ ।

कसैको कुरा ध्यान पूर्वक सुन्नु भनेको आफ्नो ध्यान राम्रो संग लगाउनु हो । हाम्रो ध्यानलाई विभाजित गर्ने वा भङ्ग गर्ने तत्व मन भाग्नु हो वा अन्य कुराको सोचाई आउनु हो । जति मन एकत्रित गर्न सक्यो त्यति ध्यान वढी दिन सकिन्छ । समय दिएर अरुको कुरा सुन्नको लागि हतार भएको हुनु हुदैन । कहिले काही हतार भएको अवस्था छ भने, कुनै अर्को समय रोज्न सकिन्छ जुन दुवैलाई मिल्ने हुन्छ ।

एक जना सन्तले सुन्ने कलावारे भन्नु भएको छ “घैटोलाई घोप्टाएर राख्ने हो भने त्यसमा केहि पनि हाल्न सकिन्न, घैटोको पिँधमा प्वाल छ भने त्यसमा हालेको कुनै चिजपनि अडिन्न । घैटोमा विष छ भने सुनेको कुरा प्रदुषित हुन्छ । आफ्नो स्वार्थ पुरा गर्न र प्रसिद्धि कमाउनको लागी हैन कि, अमृत वाणी मानेर, ध्यान मग्न भएर अरु विचारहरु आउन नदिइकन सुन्ने गर्नु पर्छ ।

त्यसैले याद गर्नुहोला “Listening is a powerful from of Communication . Just sitting with some one silently even when they are not taking is still a form of listening”.

सुन्ने एउटा कला हो, यो कला सिक्नु पर्छ, पटक पटक यसको प्राक्टीस गर्नु पर्छ अनि मात्र अरुको कुरा राम्रो संग सुन्ने क्षमताको विकास हुन्छ ।

बि. अलान वालेसले आफ्नो पुस्तक “The Attention Revolution” मा लेख्छन “मन आन्दोलित भएर वा मनमा सुस्तता आएर हामीले हाम्रो ध्यान आफ्नो काममा लगाउन सकेनौ भने, कुनै काम पनि राम्रो सँग गर्न सकिदैन । पढन, अरुको कुरा सुन्न र बुझ्न, काम गर्न, खेल्न, ध्यान गर्न हरेकमा चित्त केन्द्रित हुन आवश्यक छ ।

मैले एकजना मनोविदले लेखेको किताव पढदा “थेरापी गर्दा वा काउन्सेलिङ गर्दा ग्राहक (client) ले निको हुने वाटो आफै पहिल्याउने हो र मनोविदले त त्यस्तो वाटो पहिल्याउन सहयोग गर्ने प्रश्न सोध्ने हो” भनेकी थिइन । अर्थात मनोविदले आफ्नो समस्या आफै समाधान गर्ने वाटो देखाउने हो । मनोविदहरुले धेरै किसिमका वाटो दखाउने तरिकाहरु अपनाउछन् । यसको लागी मनोविदले भनेको कुरा राम्रो सँग सुन्ने बुझ्ने र आफुलाई जायज लागेको उत्तर दिने गर्नु पर्छ । ग्राहकले भनेको कुरा मनोविदले पनि धेरै ध्यान दिएर सुन्नु पर्छ र बुझ्नु पर्छ ।

Related posts

जाडोयाममा हुने डिप्रेसन (Winter Depression)

Khoj Sanchar

रिस (Anger)

Khoj Sanchar

मद्यपानको लत (Alcohol Dependence)

Khoj Sanchar