24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

चिसो पानी भन्दा तातो पानी पिउनु फाइदाजनक

पानीलाई राम्रो संगले उमालेर पिउँदा पानीमा भएका आखाले नदेखिने जीवाणु नस्ट भई पानीको शुद्धिकरण पनि हुन्छ। त्यसकारण पनि चिसो पानी भन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

प्रस्तुति: सिर्जना शर्मा

पानी मानिसको जीवनमा मात्र नभई संसारका सम्पूर्ण प्राणीहरूको लागि अतिआवश्यक पदार्थ हाे। पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन्। शरीरलाई खानाजस्तै पानी पनि आवश्यक पर्दछ। हाम्रो शरीरमा पानीको कमी भएमा विभिन्न रोगको जोखिम बढ्न सक्छ। स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ। यसका लागी दैनिक कम्तिमा २ लिटर वा १० देखि १२ गिलास पानी पिउनु पर्दछ।शरीरमा पाचन क्रिया, रक्तसञ्चार, पोषण एवं तापमानलाई सन्तुलित राख्न पानी अत्यावश्यक हुन्छ। हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातिय तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ। मानिसको स्वास्थ्यका लागि चिसो पानी भन्दा मनतातो पानी पिउनु अझ धेरै फाइदाजनक रहेको विज्ञहरु बताउँछन्। हेल्थ एक्सपर्टका अनुसार शारीरिक क्रिया दुरुस्त राख्नको निम्ति तातो पानीको अहम् भूमिका हुन्छ।

तातोपानी पिउनाले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाली सरीरको शुद्धिकरण गर्दछ। तातो पानीको सेवन गर्दा शरीरमा तापक्रम बढ्न गई पसिना निस्कन्छ। पसिना निस्कदा शरीरमा बढि भएको नुन बाहिर निकाल्नुका साथै रगतको शुद्धिकरणमा सहयोग पूर्याउँछ। अझ बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा सरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्र सँगै बाहिर जान्छन्। जसले पूरै रगत सफा पार्न मद्दत गर्छ। रक्त सञ्चार पनि ठिक तरिकाले गराउने काम गर्दछ। तातोपानी पिउने गरेमा शरीरको पाचन प्रणाली लाई मजबुत बनाउँदछ। साथै तातो पानी हाड जोर्नीको दुखाई कम गर्न उपयुक्त हुन्छ। जोर्नीहरुबीचको घर्षण कम गर्न सहयोगी मानिन्छ। भविष्यमा हुने जोर्नी सम्बन्धी रोगलाई कम गर्न मद्दत गर्दछ। स्वास तथा मृगौला सम्बन्धी रोग भएको व्यक्तिले चिसो पानी पिउनु हुँदैन। त्यसैले तातोपानी निकै फाइदाजनक मानिन्छ। तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ। तोतोपानीले स्नान गर्नु थकाई मेटाउने निकै आरामदायी साधन हो र तातोपानीले छालालाई निखार्ने साथै छाला सम्बन्धी विरामीलाई समेत उपयोगी मानिन्छ।

हामीले दैनिक रूपमा पिउने पानी सफा हुनुपर्दछ। फोहोर पानीको कारणले समेत हाम्रो शरीरमा विभिन्न रोगको उत्पत्ति हुने गर्दछ। हामीले पानीलाई राम्रो संगले उमालेर पिउँदा पानीमा भएका आखाले नदेखिने जीवाणु नस्ट भई पानीको शुद्धिकरण पनि हुन्छ। त्यसकारण पनि चिसो पानी भन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। पानी लाई राम्रो संगले उमालेर मनतातो बनाई पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अझ गर्मीमा प्रशस्त मनतातो पानी पिउनुपर्छ। शरीरका टक्सिनहरू बाहिर निकाल्न प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ। मनतातो पानी पिउनाले रोग प्रतिरोधक क्षमता निकै बढ्ने पनि गर्छ र शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।

Related posts

जीवन, डर र मृत्यु

Khoj Sanchar

नेपालमा मानसिक स्वास्थ्य सेवाको स्थिती र भविष्यमा चाल्नु पर्ने कदमहरु

Khoj Sanchar

तनाव व्यवस्थापन कसरी गर्ने ?

Khoj Sanchar