8 C
Kathmandu
January 26, 2021
जीवनशैली

शौचालयको प्रयोग सँगै सरसफाई पनि जरुरी

मानिसको जीवनमा खाना जति आवश्यक छ त्यस्तै शौचालय पनि उतिनै आवश्यक छ। शौचालयलाई नेपाली समाजमा चर्पी, शौच, ट्वाइलेट जस्ता विभिन्न नामले नामाकरण गरिएको पाइन्छ।

प्रस्तुति: सिर्जना शर्मा

शौचालय त्यस्तो ठाउँ हो जहाँ मानिसको मल एवं मूत्रका समुचित व्यवस्थाका लागि प्रयोग गरिन्छ। शौचालय भनेको एउटा सभ्यताको प्रतीक पनि हो। घर, समुदाय त्यहाँको जनमानस सभ्य छ वा छैन भन्ने कुरा उनीहरूले प्रयोग गर्ने शौचालयबाट झल्किन्छ। जसरी आफू, आफू बस्ने घर, आफूले खाने खाना, खाना खाने भाँडा वर्तन, खाना पकाउने ठाउँ, लगाउने लुगाको सरसफाई गर्न जरुरी छ त्यसरी नै हामीले दैनिक रूपमा प्रयोग गर्ने शौचालय सरसफाइमा पनि विशेष रूपमा ध्यान केन्द्रित गर्न महत्त्वपूर्ण छ। आजको समाजमा शौचालय नभएको र भएर पनि व्यवस्थित र सफा नभए त्यो परिवार असभ्य ठहरिन्छ। शौचालयको सरसफाई हाम्रो स्वास्थ्यसँग सम्बन्धित छ। शौचालयको सरसफाई सँगै हामी पनि स्वस्थ रहन सक्छौ।

नोवेम्बर १९ लाई विश्व सरसफाइ दिवसको रूपमा मनाइन्छ। तर आजको शिक्षित र विकसित समाजमा पनि नेपालीहरूलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने प्रतिवेदनहरूको भनाइ छ। विभिन्न ब्याक्टेरिया, भाइरस तथा जिवाणुहरु मानिसको शरीरमा प्रवेश गर्नुलाई संक्रमण भनिन्छ। यसबाट व्यक्तिमा झाडापखाला, बान्ता, हैजा, टाइफाइडजस्ता विभिन्न किसिमका सरुवा रोगहरु देखा पर्दछ। फोहोर, बासी तथा खुल्ला राखिएका अस्वस्थ्यकर खाना र पानीले मात्रै विभिन्न संक्रमणहरु देखा पर्दैन। दैनिक प्रयोग गर्ने शौचालय फोहोर भएको कारणले समेत ब्यक्तिमा विभिन्न किसिमका रोग र संक्रमणहरु देखा पर्ने गर्दछ। टाइफाइड, झाडाबान्ता साथै अन्य सरुवा रोगले संक्रमित व्यक्तिले प्रयोग गरेको शौचालय राम्रो सँगले सफा नगरी अर्को निरोगी व्यक्तिले प्रयोग गरेमा सर्ने गर्दछ। यस्तै शौचालय प्रयोग गरेर आएको व्यक्तिको हात राम्रो सङ्गले धोएको छैन भने त्यसको माध्यमबाट पनि संक्रमण हुन सक्दछ।

नेपालमा खुला दिसामुक्त क्षेत्र घोषणा अभियान २०६८ देखि सुरु भयो। जसको प्रभावले खुला शौचालय प्रणाली लोप हुँदै गएकोले नेपाली समाज खुला शौचालयबाट बन्द शौचालयमा परिवर्तनशील भई रहेको देखिन्छ। तर शौचालयको प्रयोगले मात्रै व्यक्ति संक्रमणबाट जोगिन सक्दैन। व्यक्तिले प्रयोग गर्ने शौचालय पनि सफा हुनु आवश्यक छ। प्रत्येक व्यक्तिले आफ्नो घरको शौचालय दिनमा करिब २ पटकसम्म त सफा गर्नैपर्छ। यसले व्यक्तिलाई शरीरमा देखा पर्न सक्ने विभिन्न संक्रमणहरु बाट बचाउँछ। शौचालय हाम्रो स्वस्थ्य जीवनसँग जोडिएको एक अभिन्न पाटो हो। यसलाई पनि हामीले अन्य सेवा सुविधाहरुलाई जस्तै विशेष प्राथमिकता दिनुपर्दछ। साथै अन्य सरसफाइमा ध्यान केन्द्रित गरे जस्तै शौचालयको सरसफाइमा पनि ध्यान केन्द्रित गर्न जरुरी छ। जथाभावी शौचालयको प्रयोग गर्न बाट पनि जोगिनु पर्दछ र प्रयोग गर्नै पर्ने अवस्थामा प्रयोग गर्नु पूर्व पानीले सफा गरेर मात्र प्रयोग गर्ने बानीको
विकास गरी विभिन्न संक्रमण हुन बाट बाचौ।

Related posts

खुलेर हास्नुहोस स्वास्थमा पुग्नेछ यति धेरै फाईदा

Khoj Sanchar

नमस्कार किन गरिन्छ?नमस्कार गर्दा यति धेरै फाइदा!

Khoj Sanchar

घरको वातावरण सरसफाइमा हाम्रो अभियान

Khoj Sanchar