24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

लसुन, बेसार र ल्वाङको प्रयोगले ७ रोगको उपचार

लसुन, बेसार र ल्वाङ औषधीय गुणले भरिपूर्ण हुन्छ। लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ। यसमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ। बेसार आफैमा एन्टिसेप्टिक र एन्टिव्याक्टेरियाजन्य तत्व हो। बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदान गरेको हुन्छ। वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। ल्वाङमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ। यसमा भिटामिन ए तथा सि, म्याग्नीज र फाइबर पनि पाइन्छ। हामी यी तीन चिज छुट्टाछुट्टै तरिकाले दैनिक रूपमा खाइरहेको हुन्छौ नै। तर यी तीन चिजको मिश्रण गरी सेवन गर्नाले शरीरलाई अझ धेरै फाइदा पुर्याउनुका साथै ७ किसिमका रोगलाई समेत ठीक पार्दछ।

प्रस्तुति: सिर्जना शर्मा

रोग

१) ग्याष्ट्रिक
लसुन, बेसार र ल्वाङको मिश्रण गरी सेवन गर्नाले ग्याष्ट्रिक बाट छुटकारा पाउन सकिन्छ। यी ३ चिजको मिश्रण गरी सेवन गर्नाले पेटमा एसिडिटीलाई बढ्न दिँदैन र ग्याष्ट्रिक, पेट दुख्ने, पेट फुल्ने समस्यालाई निर्मूल पार्दछ।
२) एलर्जी
लसुन, बेसार र ल्वाङको मिश्रण गरी सेवन गर्नाले प्राकृतिक एन्टीभाइटिकको काम गर्ने हुनाले यसको सेवनले छाला सम्बन्धी एलर्जी, पेट सम्बन्धी एलर्जी र शरीरको जुनसुकै एलर्जी बाट छुटकारा पाउन सकिन्छ।
३) पिनास
लसुन, बेसार र ल्वाङको मिश्रण गरी सेवन गर्नाले नाकलाई बिस्तारै खुल्न मद्दत गर्छ जसले गर्दा पिनासको इन्फेक्सनमा कमी हुने गर्दछ।
४) मधुमेह
लसुन, बेसार र ल्वाङको मिश्रण गरी सेवन गर्नाले शरीरमा ग्लूकोजको स्तरलाई कम गर्छ जसले गर्दा मधुमेह हुनबाट बचाउँछ।
५) मोटोपन
लसुन, बेसार र ल्वाङको मिश्रण गरी दैनिक रूपमा सेवन गर्नाले मोटोपन घट्नमा सहयोग गर्दछ। साथै दैनिक कसरत र खानपानमा समेत ध्यान पुर्याउनु पर्छ।

६) इन्फेक्सन
लसुन, बेसार र ल्वाङको मिश्रणमा एन्टीइन्फामेन्टरी गुण हुन्छ जसले शरीर भित्र सुनिने, जलन हुने, इन्फेक्सन हुने प्रक्रिया रोकी यस्ता समस्यालाई कम गर्छ।
७) कोलस्ट्रोल
लसुन, बेसार र ल्वाङको मिश्रण गरी सेवन गर्नाले नसामा रहेको बोसोलाई पगाल्ने काम गर्दछ। जसले कोलस्ट्रोल कम गर्छ।

बनाउने विधि र प्रयोग गर्ने तरिका
दैनिक रूपमा ३ टुक्रा लसुन, २ चम्चा बेसार र ३ वटा ल्वाङलाई पिसेर धुलो बनाई बेलुका सुत्नु भन्दा अगाडि दुध वा मनतातो पानीमा मिसाएर सेवन गर्नाले यी ७ किसिमका रोगहरुबाट छुटकारा पाउन सकिन्छ।
बिरामी परेको बेला कहिलेकाही तत्कालै डाक्टर कहाँ जान असम्भव हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रो वरिपरि पाइने जडिबुटिबाटै सरल तरिकाले घरेलु उपचार गरी फाइदा हाँसिल गर्न सकिन्छ।

Related posts

दुर्घतनामा घाइतेको प्राथमिक उपचार

Khoj Sanchar

आध्यात्मिकता र मानसिक स्वास्थ

Khoj Sanchar

मोवाइलको अत्याधिक प्रयोग स्वस्थ्यको लागि घातक

Khoj Sanchar