27.1 C
Kathmandu
June 25, 2022
जीवनशैली

संगीत, मन र मेडिसिन

डिएन्ना चोएले संगीत वारे टेड टक(TED TALK) मा चीज केक खाँदा जुन मजा आउछ त्यस्तै आनन्द संगीतमा छ र हुन सक्छ यौन सम्बन्ध राख्दाको आनन्द भन्दा पनि अझ आनन्द दायक छ भनिन । हुन पनि संगीत मन नपराउने को होला । गर्भ मै रहेको ७ महिनाको वच्चाले संगीत सुन्न सक्छ रे । जन्मनै वित्तिकैको वच्चा पनि संगीतको तालमा रमाउन सुरु गर्छ रे ।

डा. कपिल देव उपाध्याय
बरिष्ठ मनोचिकित्सक

मानव मंश्तिस्कले सुर हो कि वेसुर हो, संगीत हो कि हल्ला गरेको वा चिच्याएको हो तुरुन्त छुट्याइहाल्छ । हामीहरुलाई ताल, सुर, धुनहरु र मधुर संगित मन पर्छ । मानिसहरु मात्र किन ? पशुपंक्षिहरु समेत संगीतमा रमाएको हाउ भाउ गर्छन ।

संगीत, राग, धुनहरु वारे मलाई खासै जानकारी छैन तर यसले मानिसको स्वास्थ्यमा के के फाइदा गर्छन त्यसवारेमा थोरै जानकारी छ, त्यसवारे केहि लेख्ने प्रयास गर्दैछु ।

संगित कला हो र जन्मजात प्राप्त कला हो । जन्मजात कलालाई अघि वढाउन गुरु र गुरुको मार्ग निर्देशन र लगनको आवश्यकता पर्दो रहेछ । राम्रो वातावरण, परिवारको सहयोग, सुविधाहरु र अवसरहरु चाहिने रहेछन ।

संगितको सुरुवात बेदहरुवाट भएको मानिन्छ । सामवेदमा भजन गाउने कलाको उल्लेख छ रे । हुनत प्रकृतिमा पनि संगीत छ भनिन्छ जस्तै नदी वगेको र सोस्साएको आवाज झरनाको आवाज, कोइली र अन्य चरा चुरुङगीको चीरीविरी आदी । भनिन्छ ब्रह्माले आफ्नो मानसपुत्र ऋषि नारदलाई संगीत सिकाउनु भयो र नारद ऋषिले त्यहि संगीत मानवहरुलाई दिनु भयो ।

संगीत टोनहरु(Tones) बाट वनेको हुन्छ, जुन लहरको रुपमा उत्पन्न हुन्छन र श्रोताहरुको कानमा पुग्दछन ।

भनिन्छ गीतहरुको माध्यम वाट आफ्ना भावनाहरुलाई पोख्न सजिलो हुन्छ र वोलचालको भाषा जानकारी दिन र छलफल गर्नको लागी काम लाग्छ ।
हामीले गायिका वा गाएकले गाएको गीत कति रमाएर र ध्यान दिएर सुन्छौ र भावहरु बुझ्छौ । वैज्ञानिक हिसावले हेर्दा भने मश्तिस्क सम्म पुग्ने प्रक्रिया बुझ्न समेत कठिन जस्तो छ । जस्तै गीत टोनका इकाई लहर वनेर कानको प्वाल हुदै कानको पर्दा (ear drum) मा ठोकिन्छन र ती कम्पनहरु कान भित्रका विशेष खालका तीन हड्डीहरु; मेलिएस(malleus) इनकस(incus) र स्टेपिज (stapes) हुदै ककलिया(cochlea) मा पुग्छन। ककलिया कानको भित्री भागमा हुन्छ र यस भित्र रस हुन्छ र सिलीया(cilia) भन्ने कोषहरु (cells) हुन्छन । यी सिलीयामा रौं हुन्छन त्यसैले यीनलाई Hair cells  भनिन्छ । कानमा दस हजार देखि पन्ध्र हजार Hair cells हुन्छन । जव यी कोषहरुमा कम्पन हुन्छ कुनै वाध्य यन्त्रका तारहरु वज्दा आउने आवाज जस्तै शायद हुन्छ होला। जव सिलियाहरुमा कम्पन हुन्छ आवाज सँग सम्वन्धित न्युरोट्रन्समिटरहरु निस्कन्छन र अडिटरी नर्भ नामको सुन्ने नशा हुदै विद्युतीय करेन्टको रुपमा मश्तिस्कको सुन्ने भाग (Auditory cortex) मा पुग्छन् अनि वल्ल हामीले सुन्छौ र वुझ्छौ । कोहि वोलेको, कुरा गरेको, गीत गाएको, वाजाहरु वजाएको वा कराउने, हल्ला गर्ने सवै सुन्ने प्रक्रिया यहि नै हो । यो वाटोमा व्यवधान आएमा कान सुन्नमा कठिनाई हुन्छ ।

मानव मश्तिस्कका विभिन्न भागहरुलाई छुट्टा छुट्टै नामाकरण गरिएको छ, संगीत सँग सम्वन्धीत ति भागहरुको मात्र यहाँ कुरा गरौ जस्तै, मश्तिस्कको अगाडिको भाग फ्रोन्टल लोव(Frontal lobe) र कान भन्दा माथी साइडको भाग टेम्पोरल लोव (Frontal lobe) । फ्रोन्टल लोव र टेम्पोरल लोव दाहिने र वायाँ गरेर दुई दुई वटा हुन्छन । मश्तिस्कको सवभन्दा पछाडि र केहि तलतीरको भागलाई सेरेवेलम(cerebellam) भन्छन । मश्तिस्कको करिव करिव विचको भागमा हाइपोथेलायस भन्ने भाग हुन्छ जुन आकारमा सानो तर धेरै नै महत्वपूर्ण अंग मानिन्छ ।
मश्तिस्कका कोषहरुलाई न्युरोन्स भनिन्छ, मानव मश्तिस्कमा एक सय अर्व भन्दा पनि वढी कोषहरु छन । यी कोषहरु स–साना नसाहरु (Axon and dendrites) ले एक आपसमा जोडिएका हुन्छन । न्युरोटान्समिटरले मश्तिस्कको एक ठाउँवाट अर्को ठाउँमा सुचना वा मेसेज यीनै कनेक्सन वाट गर्छन ।
गायक र गायिकाहरु, संगीतज्ञ वा कलाप्रविण व्यक्तिहरुर, बा अर्केस्ट्रा संगीत निर्देशक अनुसार वजाउन र गाउन सक्ने क्षमता सजिलै आउने होइन, त्यसको लागी धेरै प्राक्टीस लगन र परिश्रमको आवश्यकता पर्दछ । भन्ने वित्तिकै तुरुन्तै गाउन सक्ने अनगिन्ती गीतहरु, कयौं धुनहरु, रागहरु बजाउन सुक्नु भनेको सवै सम्झनामा रहेका हुन्छन भन्नु हो ।
मश्तिस्कका कोषहरु र तिनिहरुको कनेक्सन वारे एउटा भनाई छ “Neurones that fire together, wire together” । उदाहरणको लागी गाएकले गीत गाउदा जुन जुन न्युरोन्सहरुले सकृय भई काम गर्छन, तीनीहरुले एक आपस वीच बलियो कनेक्सन वनाउछन । जति यो कनेक्सन वलियो हुन्छ, त्यति ती गीतहरु सजिलै गाउन सकिन्छ । जति वढी प्राक्टीस ग¥यो त्यति गाउन सजिलो हुदै जान्छ। संगीत, कला र साहित्यमा दाहिने तर्फको मश्तिस्क सकृय हुन्छ र भाषा, विचार, वोली, मैथमेटिक्स आदी वायाँ मश्तिस्कको काम हो भन्ने छ ।

स्वास्थ्यमा, र स्वास्थ्योपचारमा संगीतको महत्व


मिठो संगीत ध्यान दिएर सुन्दा आँखाको नानी ठूलो हुन्छ वा फुल्छ हृदयको गती केहि वढछ र डोपामिन भन्ने न्युरो ट्रान्समिटर मश्तिस्कमा वढछ । डोपामिनको कार्य आनन्दको अनुभव गराउने हो । त्यस्तै अर्को एउटा हरमोन पनि निस्कन्छ जसलाई अक्सीटोसिन (oxytocin) भनिन्छ । यसको नाम लभ हरमोन(Love Hormone) पनि हो । समुहमा वसी गीत गाउदा यही हरमोनले समुहलाई एकजुट पार्छ ।
(१) शास्त्रिय संगित दिनको आधा घण्टा सुन्ने गर्दा मन र शरिर रिल्याक्स हुन्छ फलस्वरुप रक्तचाप, मुटुको गति र शरिरको दुखाई विस्तारै घटछ र सामान्य तीर आउछ । संगीत सुन्ने गर्दा डिप्रेसन कम हुन्छ, सकारात्मक सोच आउछन र मन ज्यादै आनन्दीत हुन्छ ।
(२) वृद्धावस्थामा संगीत सुन्ने गर्दा शरिरको ब्यालेन्समा सुधार हुन्छ र लडने र चोट पटक लाग्ने कम हुन्छ ।
(३) मश्तिस्कका संगीत सँग सम्वन्धीत भागहरुमा रक्त संचारको सुधार हुन्छ ।
(४) रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि हुन्छ ।
(५) अटिज्म भएका केटाकेटीहरुलाई शव्दहरु बुझ्न सहयोग पु¥याउछ ।
(६) दिर्घ रोगका कारण पिडा छ, दुखाई छ भने कम गर्छ ।
(७) क्यान्सरका कारण पिडा छ भने संगीत सुन्ने सुझाव दिइन्छ ।
(८) डिप्रेसनका विरामीलाई म्यूजिक थेरापि दिएर फाइदा पुग्छ ।
(९) मश्तिस्क घातका कारण एकहर कमजोर भएका र वोल्न कठिन भएकालाई संगीतले सुधार ल्याउछ ।
(१०) पार्किसन्स रोगमा म्युजिक सुन्दा उठन, हिडन सजिलो पार्छ ।
(११) संझना शक्तीमा ह्रास आउन दिदैन ।
(१२) शायद डिमेन्टिया र खास गरेर अल्झाइमर्स डिमेन्टिया हुन वाट रोक्छ ।
(१३) तनाव घटाउन र तनावको व्यवस्थापन गर्न सहयोग गर्छ ।
(१४) भक भकाउने समस्या बाँया मश्तिस्क को हो। भक–भकाउने व्यक्तिले गीत नभकभकाई गाउँछन किनकी गाउने कला दाहिने मश्तिस्क को हो ।
(१५) चकलेट खाँदा आउने आनन्द संगीत सुन्दा पनि हुन्छ ।
(१६) पूर्वीय संगीतले पढाइ लेखाईमा कठिनाई भएका विद्यार्थीहरुमा सुधार ल्याएको पाइएको छ ।

Related posts

शौचालयको प्रयोग सँगै सरसफाई पनि जरुरी

Khoj Sanchar

Mindfulness Meditation-स्मृति ध्यान

Khoj Sanchar

स्मृति ध्यान (Mindfulness Meditation) भाग-१

Khoj Sanchar