27.1 C
Kathmandu
June 25, 2022
जीवनशैली

खुलेर हास्नुहोस स्वास्थमा पुग्नेछ यति धेरै फाईदा

हाँस्नु शरीरका लागि धेरै फाइदाजनक छ। हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ। हाँस्नु आफैमा कैयौ रोगको उपचार हो।

प्रस्तुति: सिर्जना शर्मा

हाँस्नु हाम्रो आफ्नै अधिनको कुरा हो, हाम्रो इच्छाको कुरा हो, प्राकृतिक कुरा हो। न त हाँसो बजारमा किन्नु नै पर्छ, न त पैसा नै तिर्नुपर्छ न त हाँस्नुको लागि पूर्व तयारी गर्नुपर्छ, न त पालो नै पर्खनुपर्छ। खुलेर हाँसेर हामी आफ्नै निशुल्क उपचार गर्न सक्छौं। साथै जसरी स्वच्छ हावा, स्वस्थ्य खानपान शरीरका लागि जरुरी हुन्छ, उसैगरी हाँसो पनि स्वास्थ्यका लागि एकदम जरुरी हुन्छ। हाँसोले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई ध्यानमा राखेर अहिले विश्वका सयौं देशहरुमा लाफ्टर क्लबको निर्माण पनि हुँदै आएका छन्। हाँस्दा शरीरमा के के फाइदा पुग्दछ त?

(१) जवान र सुन्दर
जवान र सुन्दर रहने चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो। जब खुलेर हाँसिन्छ अनुहारको मांसपेशीले राम्ररी काम गर्छ। हाँस्दा अनुहारको एक्सरसाइज पनि हुन्छ। जसले गर्दा अनुहारको चारैतर्फ रक्त प्रवाह भई सुन्दर र जवान देखिन्छ।
(२) शरीर तन्दुरुन्त
हाँस्नुले हृदयको एक्सरसाइज हुन्छ। रक्तसञ्चार पनि राम्रोसँग हुन्छ। हाँसेको खण्डमा शरीरबाट एन्डोर्फिन नामक रसायन उत्पादन हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउँछ।
(३) मुटुको रक्षा
हाँस्दा रक्तनलीको कार्यमा सुधार हुन्छ, जसले गर्दा रक्त सञ्चारमा वृद्धि हुन्छ। यस्तो अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ। जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ। अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ।
(४) अनिन्द्राको औषधी
यदि अनिन्द्राको समस्या भएमा हाँस्नु पर्दछ। यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ। यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ।
(५) तनावबाट मुक्ति
हाँस्दा मस्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्दत गर्छ। मूड ठीक हुनु भनेको तनावबाट मुक्ति भई जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु हो। मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन, व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ। (६) कमर दुख्ने समस्याको समाधान
हाँस्दा कमरको दुखाइ जस्तो पीडाजन्य समस्याबाट मुक्ति मिल्छ। चिकित्सकहरूले ‘लाफिङ थेरापी’ को सहयोगले बिरामीको उपचार पनि गर्ने गरेका छन्। (७) रोग सँग लडने क्षमता
हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमण विरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। जसले गर्दा रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ। साथै हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैन।
(८) तौल नियन्त्रण
दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ। यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने ३ देखि ४ पाउण्डसम्म तौल घट्छ।
(९) अक्सिजनको आपूर्ति
जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ। यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ। साथै मानिसको मस्तिष्कका लागि हर समय धेरै नै अक्सिजन आवश्यक हुन्छ। हाँस्दा मस्तिष्कमा मात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति हुन्छ। जसले बौद्धिकस्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ।

नर्वेमा गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै हाँस्छ ऊ नहाँस्ने मानिस भन्दा बढी समय सम्म बाँचेको पाइएको छ। हाँस्दा स्वास्थमा यति धेरै फाईदा पुग्दछ भने किन हाँस्न कन्जुस्याँई गर्ने त। खुलेर हाँसौ स्वस्थ भई धेरै बाचौ।

Related posts

सम्यक स्मृति (Right Mindfulness)

Khoj Sanchar

सुन्दर शब्दले सम्बन्ध मजबुद बनाउँछ

Khoj Sanchar

नमस्कार किन गरिन्छ?नमस्कार गर्दा यति धेरै फाइदा!

Khoj Sanchar