24.1 C
Kathmandu
October 2, 2022
स्वास्थ्य

फुड पोइजनको घरेलु उपचार

अस्वस्थकर खाना खाएमा फुड पोइजन हुने गर्दछ। खासगरी ‘साल्मोनेला’ नामक परजीवीले फुड पोइजनिङ गराउँछ। खुल्ला ठाउँमा राखेको खाना जहाँ झिंगा र अन्य किराहरु भनकेको, फोहोर पानीले बनेको खाना, फोहोर पानी, बिग्रेको, सडेगलेको, बासी, राम्रो संगले नपकाएको खाना खाएमा फुड पोइजन जस्तो रोग हाम्रो शरीरमा उत्पन्न हुने गर्दछ।

प्रस्तुति: सिर्जना शर्मा

खानामा विषाक्तता ब्याक्टेरिया, भाइरस परजीवी र विषादीका संक्रमणले गर्दा हुन्छ। प्रदूषित खाना र पानीबाट ब्याक्टेरिया, परजीवी, भाइरस तथा विषादी शरीरमा प्रवेश गर्छन्।फुड पोइजन प्राय जसो गर्मी मौसममा उत्पन्न हुने रोग हो। किनभने गर्मी याममा खाना छिटो बिग्रने हुन्छ। साथै अव्यवस्थित ढल लगायत फोहोरका कारण खानामा संक्रमणको जोखिम हुन्छ। कोक, फ्यान्टा लगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा र प्याकेटका जङफुड धेरै खाएमा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ। तेस्तै गरी खानालाई एकआपसमा मिलाएर खान नजान्दा पनि फुड पोइजनिङ जस्तो रोगको समस्या देखा पर्दछ। संक्रमित खाना खाएपछि पेट तथा आन्द्रामा असर गर्छ। जसले गर्दा वाकवाकी आउने, बान्ता हुने, डाइरिया हुने, ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउडिने जस्ता लक्षण देखिन्छन्। फुड पोइजनको समयमै उपचार नभएर धेरै मानिसले ज्यान समेत गुमाएको समाचार सार्वजनिक भएका छन् तर समयमै उपचार गरियो भने यसबाट बच्न सकिन्छ।

घरेलु उपचार

(१) अदुवाचियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ। अदुवाचियामा पाइने एन्टिमाइक्रोबायल तत्वले ब्याक्टेरियासँग लड्न र छिटो निको हुन मद्दत पु-याउँछ। काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ।
(२) फुड पोइजनिङ भएमा नरिवलको पानी औषधिको काम गर्दछ। यसले शरीरमा इलेक्ट्रोलाइट तत्व पुर्याउँछ। झाडापखाला र बान्ता हुँदा शरीरमा फ्लुइड र इलेक्ट्रोलाइट कम हुन्छ। यसमा पाइने लौरिक एसिडले खानाजन्य हानिकारक जीवाणुलाई मार्न मद्दत गर्छ।
(३) तुलसीको पातलाई उमालेर थोरै मह मिसाएर पिउँदा पेटमा राहत मिल्छ। तुलसीमा पाइने एन्टिमाइक्रोबायल तत्वले ब्याक्टेरिया संक्रमण रोक्ने काम गर्दछ। 
(४) फूड प्वाइजनबाट छुटकारा पाउन एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ। लसुनमा प्रशस्त मात्रामा एन्टिमाइक्रोबायल तत्व पाइन्छन्।
(५) एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ। यसको साथै आन्द्रा सुन्निएको पनि ठिक हुन्छ।
(६) फूड प्वाइजनमा केराको सेवन एकदमै लाभदायक मानिन्छ। झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ। तर दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न पनि सक्छ। (७) फूड प्वाइजन हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ। फूड प्वाइजनिङको समयमा हुने छाति को दुखाइलाई पनि कम गर्छ।
(८) फूड प्वाइजन हुदाँ पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ। यसले शरिरमा भएको बिषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ।

यसरी फुड पोइजनको घरेलु उपचार गर्न सकिन्छ। यति गर्दा गर्दै पनि ठीक नभएमा तुरुन्त अस्पताल लागि उपचार गर्नुपर्छ। तर रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिन होसियार रहनु राम्रो हुन्छ। त्यसको लागि खानेकुरा राम्ररी पकाएर मात्र खानुपर्छ। काँचै सेवन गर्ने खाद्यान्न तथा फलफूल राम्ररी पखालेर मात्र प्रयोगमा ल्याउनुपर्छ। पकाएको खानालाई दुई घन्टाभन्दा बढी समय राख्नुहुँदैन। यसलाई उचित समयमै खानुपर्छ। खाना पकाउने स्थान, भण्डारण गरिने स्थान र पकाउने व्यक्ति सफा हुन जरुरी छ। खाना खानु भन्दा र पकाउनु भन्दा अघि राम्रोसँग हात धुनुपर्छ।भान्साकोठामा प्रयोग गरिने भाँडाकुँडा, तौलिया, भाँडा सफा गर्ने कपडा आदि राम्ररी सफा गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ। बाहिरबाट आएपछि, जनावरलाई छोएपछि, कुनै काम गरेपश्चात् राम्ररी हात धुनुपर्छ। जुनसुकै खानालाई राम्रो संगले पकाएर मात्र सेवन गर्नुपर्छ। पेय पदार्थ र प्याकेटका जङफुडको सेवन बाट टाढा रहनु स्वास्थ्यको राम्रो हुन्छ।
खाना सही तरिकाले सेवन गरी विभिन्न रोगहरूको सिकार हुनबाट बचौ।

Related posts

रिस (Anger)

Khoj Sanchar

राती भयो कि कोहि आएर अनुहारमा मुक्कै मुक्काले हान्छ

Khoj Sanchar

चिसो पानी भन्दा तातो पानी पिउनु फाइदाजनक

Khoj Sanchar