अक्षर को सरगम
-तिल कुमारी शर्मा (पुष्पा)
पर्वत पैयु,हिले
अक्षर को दिप ले संसार उज्यालो बनाउछ।
अक्षर् को सरगम ले अनुशासित बनाउछ।
अक्षर को गस्तिमा मौन छु म।
दिनहु यिनै अक्षर को साथ मा मौलाएकी छु म ।
अक्षर को माला ले सजाएको बिहानी ।
अक्षर को मुर्ती ले कुदिएकी म ।
अक्षर को मुर्ती सुनामी भन्दा बलियो छ ।
अक्षर को सौन्दर्य मा पौडी खेल्छु म ।
अक्षर तिम्रो स्वरुप रहस्मय छ ।
सौन्दर्य र अनुशासन मा रम्छ ।
अक्षर तिमी झनै शक्तिशाली छौ।
संसार यात्रा मा रमाइरहेकी छौ।
शब्दको पोखरी मा पौडी खेल्न पाउ ।
चरासरी अक्षर संग सधैं उड्न पाउ ।