24.1 C
Kathmandu
October 2, 2022
स्वास्थ्य

स्वस्थ शरीरको लागि कस्तो खाना खाने

ताजा, पोषिलो, सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौ। संभव भएसम्म आफ्नै घरमा पकाएको खानेकुरा खाने गरौं।

प्रस्तुति : सिर्जना शर्मा

संसारका हरेक मानिस स्वस्थ र तन्दुरुस्त भएर जीवन जिउन चाहन्छन्। स्वस्थ रहन मानिसले अनेक प्रयत्न पनि गरिरहेको हुन्छ। तर पनि केही न केही स्वास्थ्य समस्याले मानिसलाई ग्रसित बनाईरहेको हुन्छ। हामी सबैले खाना त खान्छौ तर आजभोलिको हाम्रो खाना जिब्रोको स्वाद अनुसार पेट भर्नका लागि मात्र सीमित रहन्छ। खाना खानु भनेको स्वाद मेट्न, पेट भर्न मात्र होइन शरीरलाई चलमान राख्न, सक्रिय राख्न, तगडा राख्न, निरोगी राख्न खाना खानुपर्छ। शरीरलाई स्वस्थ राख्नका निम्ति मुख्य भूमिका हामीले दैनिक खाने खानाको नै हुन्छ। खाना नै त्यस्तो औषधी हो जसले हामीलाई निरोगी र तन्दुरुस्त जीवन दिन्छ। त्यसैले हामीले खाने खानाको सोझो सम्बन्ध मन र जिब्रोसँग होइन, पाचन यन्त्रसँग छ समग्र शरीर सँग छ। त्यसैले मनले मागेको भन्दा पनि शरीरलाई चाहिने खाना खान आवश्यक छ। त्यसै गरी खाना सही र सन्तुलित ढंगले पनि खानु पर्दछ। खानालाई सही तरिकाले खान जानिएन भने पनि त्यही रोगको जड बन्न सक्छ। अस्वस्थ जीवनशैली, खानपानमा ध्यान नदिनु जस्ता विभिन्न कारणले गर्दा नै पछिल्लो समय विभिन्न प्रकारका रोगका कारण स्वास्थ्यमा जटिलता बढ्दै गएको हो।

के के खाने…?

१) सन्तुलित भोजन
हामीले दिनभरी खाने खानामा पाँचवटा खाद्यसमूह अन्न, दाल गेडागुडी, फलफूल, तरकारी, दूध, दहि, घिउ चिल्लो र गुलियो खाद्यवस्तु आवश्यक मात्रामा मिलाएर खाँदा सन्तुलित आहार हुन्छ। दिनभर शरीरलाई चाहिने क्यालोरीका लागि पाँचवटै खाद्यवस्तु खान आवश्यक छ। तर व्यक्तिको उचाइ, तौल, कार्य प्रकृति, लिंग, उमेर, स्वास्थ्य अवस्थाका आधारमा आवश्यक मात्रामा खानु पर्दछ।

२) पौष्टिक तत्व 
हामीले हरेक दिन खाने खानामा आवश्यक मात्रामा पौष्टिक तत्व हुन आवश्यक छ । काब्रोहाइडेट, भिटामिन, प्रोटिन, फाइबर, चिल्लो, खनिज तत्व, क्याल्सियम, फलाम, आयोडिन, फ्लोरिन, पानी, फोलेट आदिजस्ता सबै पोषक तत्व समावेश हुन जरुरी छ।

३) पानी
शरीरलाई स्वस्थ खानासँगै प्रशस्त पानी पनि आवश्यक पर्छ । खासगरी पौष्टिक तत्व शरीरको विभिन्न भागमा पुर्‍याउन, शरीरको अनावश्यक तत्व बाहिर निकाल्न, शरीरमा पानीले शरीरका सम्पूर्ण अंगहरुलाई सफा राख्न गर्न मद्दत गर्छ। पर्याप्त मात्रामा पानी पिउँदा छालामा चमक बढ्ने, शरीरमा मेटाबोलिज्म तीव्र हुने, शरीरमा शक्ति कायम रहन मद्दत गर्छ। त्यसैले हरेक दिन ३ लिटर पानी पिउन आवश्यक छ।

कुन समयमा कति खाने…?

एउटा स्वस्थ मनिसका लागि दैनिक १८ सयदेखि २२ सयसम्म क्यालोरी ऊर्जाका लागि जरुरत पर्छ र यो ऊर्जा हामीले खाने थालमा समावेश गरिएका खानाबाट पाइन्छ। बिहानदेखि बेलुकासम्म खाने खानाका चार चरणमध्ये प्रथम चरणमा ७ सय क्यालोरी, दोस्रो चरणमा ६ सय, तेस्रो चरणमा ४ सय र अन्तिम चरण अर्थात् बेलुकाको डिनरमा ३ सय क्यालोरी मात्र समावेश गर्नु पर्दछ। बिहान उठ्नेबित्तिकै हलुका, त्यसपछि खँदिलो र पर्याप्त, त्यसपछि क्रमशः खानाको मात्रा घटाउँदै जानुपर्छ।

पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण स्वस्थ्यकर खाना खानु जरुरी छ भन्ने कुरा झनै उजागर भएको छ। किनकि शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि र विभिन्न रोगहरूको उत्पत्ति हुन नदिनका लागि स्वस्थ र पोषिलो खानेकुरा खान एकदमै आवस्यक छ। ताजा, पोषिलो, सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौ। संभव भएसम्म आफ्नै घरमा पकाएको खानेकुरा खाने गरौं।

Related posts

यी खाने कुरा पुन तताएर खाएमा स्वास्थमा बिष सरह काम गर्छ

Khoj Sanchar

मोवाइलको अत्याधिक प्रयोग स्वस्थ्यको लागि घातक

Khoj Sanchar

उपवास र स्वास्थ्य

Khoj Sanchar