24.1 C
Kathmandu
October 2, 2022
जीवनशैली

नमस्कार किन गरिन्छ?नमस्कार गर्दा यति धेरै फाइदा!

नमस्कार गर्दा हाम्रो संस्कार पनि झल्किन्छ। साथै हाम्रो अहंकार नष्ट हुन्छ। विनय, गुण, नम्रता विकास भई मन पनि शुद्ध हुन्छ।

प्रस्तुति : सिर्जना शर्मा

हामीले भगवानको अगाडि प्राथना गर्दा, कोही आफन्त, इष्टमित्र आफू भन्दा ठूलो सानो जो सुकै मानिस सँग भेट्दा र छुट्टिँदा नमस्कार, नमस्ते अथवा प्रणाम गर्ने गर्छौ। नमस्कार, नमस्ते, प्रणाम यी तीन शब्द को अर्थ एउटै हो र मानिसले आफ्नो इच्छा अनुसार यि तीन शब्द लाई प्रयोग गर्ने गर्छन्। नेपालमा नमस्कार र नमस्ते सबै मानिसहरुले प्रयोग गर्छन् तर प्रणाम शब्द प्राय जसो प्रणामी धर्म मान्ने मानिसहरुले विशेष रूप प्रयोगमा ल्याइएको पाइन्छ। तर यी तीन शब्द को अर्थ भने एउटै हो। साथै आफ्नो आफ्नो धर्म, संस्कृति अनुसार दुई हात जोडेर फरक फरक तरिकाले सम्बोधन पनि गर्ने गरिन्छ। दुई हात जोडेर नमस्कार गर्नुको धार्मिक र वैज्ञानिक कारण, महत्त्व र फाइदा पनि छ।

नमस्कार शब्दको उत्पत्ति सस्कृतको नमस शब्दबाट भएको हो जसको अर्थ एक आत्माले दोस्रो आत्मा सँग आभार प्रकट गर्नु हो। नमस्कार गर्दा दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखिन्छ र शिर झुकाइन्छ। जब हामी नमस्कार गर्छौ हातका औंलाहरू आपसमा जोडिन्छन्। हाम्रो हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको हुन्छ। औंलाहरू आपसमा जोडिँदा हृदयचक्र र आज्ञाचक्र सक्रिय हुन्छ जसले जागरण बढ्छ उक्त जागरणले मनमा शान्ति र प्रसन्नता आउँछ भन्ने वैज्ञानिक धारणा छ। नमस्कार गर्दा पाचन यन्त्रलाई पनि फाइदा पुग्ने बताइन्छ। दुई हात जोडेर नमस्कार गर्दा यस किसिमको शारीरिक व्यायाम हुन्छ, जसले पाचन यन्त्रमा प्रभाव पर्छ। हात जोड्दा शरीरको रक्त संचार प्रवाह हुन्छ।

नमस्कार गर्दा हाम्रो संस्कार पनि झल्किन्छ। साथै हाम्रो अहंकार नष्ट हुन्छ। विनय, गुण, नम्रता विकास भई मन पनि शुद्ध हुन्छ। मानव शरीरको एक भागमा सकारात्मक र अर्को भागमा नकारात्मक उर्जा हुने भएकाले दुबै हात जोड्दा सकारात्मक उर्जा समेत प्रवाह हुन्छ। साथै आफूभन्दा ठूला मानिसलाई नमस्कार, नमस्ते, प्रणाम गरेपछि आर्शिवाद प्राप्त हुन्छ, यसले आध्यात्मिक विकास हुन्छ। मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ। जसले मन र मस्तिष्क शान्त रहन्छ। यो चलन धेरै पहिले देखि चलिआएको संस्कार पनि हाे यसलाई जोगाउनु हाम्रो कर्तव्य पनि हाे र यसलाई जोगाउनुमा हामीलाई धेरै फाइदा पनि छ।

नमस्कार

Related posts

ऋतुकालीन जीवनशैली र प्राचीन ग्रन्थको आधार

Khoj Sanchar

खुलेर हास्नुहोस स्वास्थमा पुग्नेछ यति धेरै फाईदा

Khoj Sanchar

यसरी बनाऊ स्वस्थ जीवनशैली

Khoj Sanchar