तिजको रमझम
कविता: तिल कुमारी शर्मा (पुष्पा), पर्वत हिले
तिजको रमझम कोरोनाले जितेछ
के गर्नु र संस्कृति घरमै लुकेछ ।
घरघरमा सबैले नाचेर मनाए
कोरोनाको जहरमा सबै डराए ।
ल तिज आयो भन्छन् पत्तो छैन् कसैलाई
देशको अवस्था यस्तो बरिलै ।
यस्तै छ देशमा तिजको बेलामा
दुखी मन नबनोस महामारीमा ।
तिजमा रमझम छैन् कतै शहरमा
काममा ब्यस्त छन् गाउँ घरमा ।