
तिल कुमारी शर्मा (पुष्पा)
“किर्तिपूर”
किर्तिपूर नगरी सुन्दर शहर
मनमोहक छ, त्यहाँको वातावरण
प्रकृतिलाई जितेकी सुन्दर प्रतिमुर्ति
केवल बनाउछु त्यहि ठाँउको कला र संस्कृति ।
त्यहि ठाँउमा रमेको जमेको कलम
मर्दैन कहिल्यै किर्तिपूरको सरगम
शान्त स्वच्छ वयली खेलेको
घान देख्न पाईन्छ सुसेली हालेको ।
रमणिय शहर सवै जाति रहेको
आफ्नै भेषभुषा र संस्कारमा रमेको
नेवारी संस्कृति रुमलिएको
नेपालीपनमा किर्तिपूर सजिएको ।
सुन्दर नगरी किर्तिपूर रहेको
आफ्नोपन र देश प्रेममा रमेको ।।