24.1 C
Kathmandu
May 19, 2022
समाज

हेटौडाको प्रथम परिकल्पनाकार प्रति श्रद्धासुमन

को हुन त हेटौडा शहरको पहिलो परिकल्पनाकार ? हेटौडा नगरको हाल सम्म नखोलिएको इतिहासको पाटो

लेखक: बि.के.महर्जन, शहरी योजना तथा स्थानीय सुशासन बिज्ञ

हेटौडा शहरको पहिलो परिकल्पनाकार को हुन ? आज हेटौडावासी समक्ष एउटा यक्ष प्रश्न गर्ने धृष्टता गर्दैछु । हेटौडावासीहरुको मनमा सहज रुपमा आउन सक्छ, स्व.वासुदेव रिजाल, राम वहादुर थापा, निरशंकर श्रेष्ठ, अशोक वानीया वा डोरमणी पौडेल आदी आदी । यहाहरुको अनुमान सत प्रतिशत सहि नहुन पनि सक्छ । यदि त्यसो भए को हुन त हेटौडा शहरको पहिलो परिकल्पनाकार ? यस लेखमा हेटौडा नगरको हाल सम्म नखोलिएको इतिहासको पाटो खोज्ने प्रयास गरेको छु ।

आज भन्दा करीव सात दशक अघि अर्थात २४ अक्टोवर १९५० को दिन एकजना विदेशी भुगर्भविद ३ जना सहयोगी सहित त्यसवेलाको “निषिद्ध देश” नेपालको भौगर्भिक नक्सा तयार गर्ने कामका लागि तत्कालिन राणा प्रधानमन्त्री श्री ३ महाराज मोहन शम्शेर राणाको पाहुनाको रुपमा नेपाल प्रवेश गरेका थिए, त्यही टोलीबाट नेपालमा बिकासको लागि वैदेशिक सहयोग दिने प्रयासको सुरुवात भएको थियो । त्यो बिदेशी टोली रक्सौल नाका हुदै वीरगंज अनि अमलेखगंज सम्म सानो रेलमा अनि अमलेखगंजबाट सानो जीपमा चुरियाको उकालो चढ्ने क्रममा एक अच्चम्मको बस्तु देख्छ जुन त्यतिवेलाको नेपालमा सातौ आश्चर्यको रुपमा लिन सकिन्छ । त्यो हो चुरिया पहाडलाई छिचोल्न बनाइएको कंक्रिटको सुरु· जहाबाट त्यो टोलीले चुरे क्रस गरेर जव सुरु·को अर्काे मुखबाट वाहिर आउदा देखिएको राप्ती र कर्रा नदी आसपास विशाल रुपमा फैलिएर सम्म परेको सालको जंगल अनि चारवटा चिउरा कुट्ने झुपडीघर सहितको वस्ती हुदै त्यो टोली भिमफेदी अनि देउराली पुग्दा फेरी अर्को अचम्मको वस्तु चारवटै पांग्रा निकालेको गाडी देखे । अनि देउराली डांडामा रात बिताउने क्रममा उत्तर तिर देखिएको कुलेखानी क्षेत्रको खोंच र दक्षिणतिर देखिएको सम्म फैलिएको जंगल यी दुइ प्राकृतिक श्रोतको कसरी उपयोग गर्ने भन्ने वारेमा सोच्ने क्रममा सृजना भएको परिकल्पना नै आजको जलासयमा आधारित नेपालकै पहिलो कुलेखानी जलबिद्युत आयोजना र हालको हेटौडा नगरको स्थापना हो ।

अव यहाहरु सवैले अनुमान गर्न सक्नु हुने छ की त्यो विदेशी टोलीको टोली नेता को हुन, जसले तत्कालिन अवस्थाको सालको फराकिलो दुन उपत्यकामा शहर वसाल्ने परिकल्पना गरेका थिए । उनी थिए डा.टोनी हेगन । महान नेपालप्रेमी जसले नेपालको भूभौगर्भिक सर्वेक्षणको क्रममा ७५ जिल्लाको भ्रमण गर्दा करीव १४ हजार कि.मि.दुरी पैदल यात्रा तय् गर्ने किर्तिमान कायम गरेका थिए भने पहिलो पटक हिमाली अधिराज्य नेपाललाई बिश्वसामु परिचय दिने काम गरेका थिए । यिनै महान नेपाल प्रेमीको योगदानको कदर गर्दे नेपालका स्व.राजा वीरेन्द्रले बिदेशीका लागि प्रदान गरिने वीरेन्द्र प्रज्ञाअंलकार पदकको स्थापना गरी पहिलो पदक प्रदान गरेका थिए ।

डा.टोनी हेगन

सन १९५० अक्टोवर तिरको हेटौडाको अवस्था टोनी हेगनको आफ्नै शव्दमा “ चुरिया पहाड मुन्तिर वनेको सय मिटर लामो सुरु· हुदै जाने कच्ची सडकबाट फराकिलो दुन उपत्यकामा पु¥यायो । त्यस उपत्यकामा खासै वस्ती थिएन । भारतबाट काठमाडौ जाने मूख्य मार्गमा पर्ने हेटौडा एउटा सानो बजार थियो । घना जंगलले पुरै नढाकिएपनि यो क्षेत्र साच्चै नै एउटा विहद प्रदेश थियो । सर्लक्क तन्किएका सालका मोटा वृक्षहरुले मेरो ध्यान तानिरहेको थियो ।”

डा.टोनी हेगनको यो तनाइ नै एउटा विहद प्रदेशमा एउटा सुन्दर मानव वस्ती वसाल्ने परिकल्पना बन्न पुग्यो । यो परिकल्पनालाई तत्कालिन स्विस प्राविधिक मिसनले प्रस्तावको रुपमा संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम ग्ल्म्ए मा प्रस्तुत गरिएको थियो तर ग्ल्म्ए ले त्यत्ति चासो नदेखाएपछि अमेरिकी सहयोग नियोग ग्क्ब्क्ष्म् ले प्रस्तावलाई अगाडी वढाउने चासो देखायो । यसैको परिणामस्वरुप सन १९५९ अमेरिकी सहयोगमा एकिकृत राप्ती दुन परियोजना नामबाट ठूलो परियोजना कार्यान्वयनमा आयो । यस परियोजना अन्तर्गतका यस विहद प्रदेशभित्र रहेको र्सलक्क तन्किएका सालका मोटा वृक्षहरु कटान गर्ने र ति रुखहरु चिरानका लागि चिरान मिल स्थापना गर्ने गरी दुइवटा रणनीतिक आयोजनाहरु कार्यान्वयनमा ल्याएको थियो । यी दुवै आयोजनाको मूल उद्देश्य भनेको यस क्षेत्रमा मानव वसोवास वसाल्नको लागि आधार तयार गर्ने थियो । यस मध्ये पहिलो कार्ययोजना अनुसार विहद राप्ती दुन क्षेत्रका सालका रुखहरुको कटान गर्ने कार्यको थालनी र चिरानको लागि टिम्वर करपोरेशन अन्तर्गत दक्षिण एशियामा नै ठूलो मानिएको वोलीचालीको भाषमा वुझिने टि.सि.एन सःमिलको स्थापना गरिएको थियो ।

सन १९६८ हेटौडा काठमाडौ रज्जुमार्ग (रोप वे)

तत्कालिन समयमा हेटौडा आसपासका क्षेत्रहरु जस्तै मकवानपुर क्षेत्र, मकरान्चुली क्षेत्र, पदमपोखरीक्षेत्रमा मानव वसोवास भएतापनि सालको जंगल अनि औलोको डरका कारण हालको हेटौडाको मूल स्थानमा भने मानव वसोवास बिस्तार गर्न धेरै कठिन सावित भयो । तर अमेरिकनहरु त्यति सजिलै हार मान्ने खालका थिएनन् र छैनन पनि । यसको बिकल्पहरुका वारेमा समिक्षा भयो र यस क्षेत्रमा मानव वसोवास बिस्तारका बिभिन्न उपायहरुका वारेमा चिन्तन मनन पश्चात थप दुइ वटा रणनीतिक आयोजनाहरु कार्यान्वयनमा ल्याउने निष्कर्षमा पुगे जसले आजको हेटौडा निर्माणमा मेरुदण्डको भूमिका खेल्न सफल भएको थियो । ती आयोजनाहरु मध्ये पहिलो आयोजना सन १९६३ मा स्थापना भएको नेपाल अधिराज्यकै ठूलो मानिएको हेटौडा औद्योगिक क्षेत्र जसले रोजगारीकै लागि भए पनि तत्कालिन मकवानपुर तथा आसपासका क्षेत्र तथा देशका बिभिन्न भागबाट हेटौडामा आगमन हुनमा मद्धत पुग्यो र औद्योगिक क्षेत्रमा खुलेका उद्योग कल कारखानाहरुले यस क्षेत्रको आर्थिक गतिविधिमा मा समेत प्रयाप्त योगदान पु¥यायो भने अर्काे आयोजनाको रुपमा सन १९६८ मा हेटौडा काठमाडौ रज्जुमार्ग (रोप वे) स्थापना जसले यस क्षेत्रबाट उत्पादन हुने वस्तुहरुलाई नेपाल भरी ढुवानीमा सहज बनाउन ठूलो योगदान गरेको थियो । डा.टोनी हेगनले परिकल्पना गरेको यी आयोजनाहरु जसले आजको हेटौडा निर्माणको आधारभूमी तयार भएको इतिहास हो ।

सन १९५२ देखि नेपाल सरकारको वैतनिक बिज्ञको रुपमा काम गरेका डा. टोनी हेगन संयुक्त राष्ट्र संघका लागि पनि सेवारत थिए । उनै बिज्ञ मार्फत नै हिमालय क्षेत्रको भौगर्भिक तथ्यहरु बिश्वसामु उजागर गरेका थिए । सन १९१७ को अगष्ट १७ का दिन जन्मेर सन १९५० देखि १९५९ सम्म नेपालका हिमाल, पहाड र तराइका सम्पूर्ण भूभागहरु, जनजाती, धर्म सस्कृति, रहन सहन, भेषभुषा वारेमा अत्यन्तै नजिकबाट अध्ययन, अवलोकन र आत्मसात गर्नु भएका डा.हेगनले आफ्नो मृत्युपश्चात आफनो अस्तुलाई नेपालको हिमाल, पहाड र तराई तीनै प्रदेशको भूमीमा छर्किदिनु भन्ने इच्छा बमोजिम करीव ८६ बर्षको उमेरमा १८ अप्रिल २००३ मा उनको मृत्यु पश्चात उनका नातीले हेलिकप्टर चार्टर गरी हिमाल, पहाड र तराई तीनै प्रदेशको भूमीमा पर्ने गरी अस्तु छर्कने काम भएको थियो । विदेश मोहको कारण राष्ट्रप्रेम तथा राष्ट्रभक्ति भावनमा स्खलन आइरहेको आजको सन्दर्भमा डा.हेगनको नेपाल प्रतिको माया हामी नेपालीहरुका लागि मननयोग्य छैन र ?

आजको यो लेखको करीव ८ सय ९० शव्द हेटौडा शहरको पहिलो परिकल्पनाकार डा.टोनी हेगन प्रति श्रद्धासुमन ।

Related posts

मानवीयता र अमानवीय शहर

Khoj Sanchar

लैंगिक हिंसाले मनोसामाजिक समस्या

Khoj Sanchar

आत्महत्यामा आत्मनियन्त्रण

Khoj Sanchar