10.1 C
Kathmandu
December 2, 2021
विविध

केराको बोक्राको प्रयोग गरी १० फाइदा लिनुहोस्

केराको बोक्रामा भिटामिन ए, पोषण तत्व र कार्बोहाइड्रेट भरपूर मात्रामा हुन्छ। जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ।

केरा त हामी सबैले खाने गर्छौ। विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लाग निकै लाभदायी मानिन्छ। तर केराको बोक्रालाई भने फाल्ने गरिन्छ। विभिन्न देशमा केराको बोक्रालाई सब्जी पकाएर, उसिनेर साथै त्यसको जुस बनाएर पनि खाने गर्छन्।

१) दात
केराको बोक्राको भित्री भागमा पोटासियम र म्याग्नेसियम पदार्थ पाइने भएकाले, केराको बोक्राको भित्री भाग पट्टि बाट दुई मिनेट सम्म दातमा रगटनाले दात लाई सेतो र चम्किलो बनाउछ।

२) आँखा
केराको बोक्रामा लुटेनिन नामको एक तत्व हुन्छ जसले आँखा लाई स्वस्थ राख्न मद्दत गर्नुको साथै मोतिबिन्दु हुनबाट बचाउँछ।केराको
बोक्रालाई पकाएर साथै उसिनेर खान सकिन्छ।

३) डिप्रेसन
केराको बोक्रा लाई पानीमा पकाएर त्यसको रस खाएमा डिप्रेसन लाई कम गर्न मद्दत गर्नुको साथै दिमागलाई फ्रेश राख्छ।

४) डन्डिफोर
डन्डिफोरको समस्याले पीडितले, डन्डिफोर आएको ठाँउमा केराको बोक्राको भित्री भागलाई लगाउने र आधा घण्टा पछि चिसो पानीले मुख धुने गरेमा ठीक हुन्छ। ३ हप्ता सम्म दैनिक प्रयोग गर्नुहोस्।

५) फूल
केराको बोक्रा लाई फूलको गमला मा टुक्रा टुक्रा पारी राखेमा किरा लाग्दैन। साथै केराको बोक्रा लाई १ घण्टा सम्म पानी राखेर त्यो पनि फूलमा हाल्ने गरेमा मलको काम समेत गर्छ।

६) मुसा
शरीरको कुनै पनि भागमा मुसा आएको छ भने बेलुका सुत्ने बेलामा केराको बोक्राको भित्री भाग मुसा आएको ठाँउमा दलेर सुत्नु होस् १५ दिनमा हराएर जान्छ।

७) अनुहार अण्डाको पहेंलो भाग र केराको बोक्रालाई पिसेर लेप बनाई दुईटै मिसाएर अनुहारमा लगाउनाले चाया पोतो हराएर जान्छ र अनुहार कोमल र चम्किलो हुन्छ।

८) कोलस्ट्रोल
केराको बोक्रामा भरपूर मात्रामा फाइबर हुने भएकाले यसको सेवनले शरीरमा कोलस्ट्रोल नियन्त्रण गर्नुको साथै मोटोपन घटाउन पनि मद्दत गर्दछ।

९) क्यान्सर
जापानिज बैज्ञानिकको रिसर्च अनुसार केराको बोक्रा क्यान्सर प्रतिरोधी गुणले भरिपूर्ण हुन्छ।

१०) लेदर केराको बोक्राको भित्री भागले लेदरको बेल्ट, झोला, पर्स, जूता, चप्पलमा रगटेमा चमक आउँछ।

यसरी केराको बोक्रा को प्रयोग गरी फाइदा लिन सकिन्छ। हामीले केराको बोक्रा लाई सब्जी जसरी पकाएर, उसिनेर साथै यसको जुस बनाएर पिउन सकिन्छ। तर यसलाई खानु भन्दा अघि मजाले धोएर मात्र प्रयोग गर्नु राम्रो हो। किनकि बजार मा पाइने केरामा कीटनाशक औषधि प्रयोग गरेको पनि हुन सक्छ। अब केरा मात्र होइन केराको बोक्राको पनि फाइदा उठाऊ।
प्रस्तुति : सिर्जना शर्मा

Related posts

मौद्रिक नितिमा कृषि कर्जा सम्बन्धि के व्यवस्था छ …?

Khoj Sanchar

प्यास को परिभाषा

Khoj Sanchar

कृषिमा विविधता, आवश्यक कि अपरिहार्य ?

Khoj Sanchar