29.1 C
Kathmandu
August 16, 2022
स्वास्थ्य

दुर्घतनामा घाइतेको प्राथमिक उपचार

दुर्घटना भएको स्थान बाट अस्पताल सम्म पुर्याइ सम्बन्धित स्वास्थ्यकर्मीको जिम्मा लगाएपछि प्राथमिक उपचारको दायित्व पूरा भएको मानिन्छ।

-खोज सञ्चार

कुनै पनि उमेर समुहको बिरामी वा घाइतेलाई अस्पताल पुर्याउनुअघि दुर्घटना भएकै स्थानमा सर्वप्रथम गरिने वा दिइने उपचारलाई प्राथमिक उपचार भनिन्छ । यो उपचार दुर्घटना भएकै स्थानमा उपलब्घ स्रोत साधन, सुविधा तथा ज्ञानको आधारमा आधारित भएर गरिने उपचार हो ।

प्राथमिक उपचारको मुख्य उद्देश्यः
१. घाइतेको प्राण रक्षा गर्नु
२. घाइतेको अवस्था खराब हुन नदिनु
३. घाइतेलाई सम्बन्धित स्थान सम्म पुर्याउन सहजिकरण गर्नु

प्राथमिक उपचारको महत्वः
प्राथमिक उपचारको मुख्य उद्देश्य घाइतेको ज्यान जोगाउनु भएकोले दुर्घतनाको प्रकृति अनुसार प्राथमिक उपचारमाको ब्यवस्थापनमा भर पर्ने गर्दछ। दुर्घतना भएको स्थानमा नै प्राथमिक उपचार नभएमा घाइतेको अवस्था झन बिग्रन सक्छ र मृत्यु पनि हुन सक्छ। जुनसुकै दुर्घतनामा पनि प्राथमिक उपचारले निकै ठुलो भुमिका निभाउने गर्दछ र प्राथमिक उपचार नभएमा घाइतेको अवस्था झन बिग्रन सक्छ।
प्राथमिक उपचारले दुघतनाको निदान र उपचार व्यवस्थापनमा मद्दत गर्दछ। घाइतेको अवस्था सामान्य छ कि गम्भीर प्रकृतिको छ पत्ता लगाई सामान्य निदान गरी कुन ठाउँमा लैजाने हो, घाइतेलाई स्वास्थ्य संस्था सम्म लाने समय सम्म अवस्था खराब हुन नदिन प्रथमिक उपचार गर्नु आवश्यक छ।

प्राथमिक उपचारका नियमहरु
१. घाइतेलाई सात्वना दिने
२. दुघतना भएको स्थानमा नआत्तीकन, शान्त र सावधानीपूर्वक उपचार गर्ने
३. कसिएको लुगा भएमा खुकुलो बनाईदिने र अरुको सहयोग चाहिएमा सहयोगको लागि गुहार पनि माग्ने
४. रक्तस्राव भएमा त्यसलाई रोक्ने, हड्डी भाच्चिएको छ भन्ने काप्रो बाध्ने , घाइतेलाई अचल अवस्थामा अस्पताल पुर्याउने
५. सामुहिक दुर्घटनाको अवस्था हो भन्ने नजिकैको प्रहरि वा सुरक्षा निकायमा खबर गरेर सहयोगको लागि अनुरोध गर्ने

दुर्घटना भएको स्थान बाट अस्पताल सम्म पुर्याइ सम्बन्धित स्वास्थ्यकर्मीको जिम्मा लगाएपछि प्राथमिक उपचारको दायित्व पूरा भएको मानिन्छ। प्रत्येक सचेत नागरिकले आपत विपतमा सहयोग गर्नु मानविय दायित्व पनि हो र प्रत्येक स्कुल, कलेज र विश्व विघालयमा प्राथमिक उपचारको सामान्य ज्ञान सम्बन्धी शिक्षा दिनु राज्यको दायित्व पनि हो।

Related posts

कोभिड लाग्दाको अनुभूति

Khoj Sanchar

तनाव व्यवस्थापन कसरी गर्ने ?

Khoj Sanchar

मानसिक रोगीहरु लान्छना तथा भेदभावको शिकार हुने गर्छन्

Khoj Sanchar