10.1 C
Kathmandu
December 2, 2021
विविध

सस्तो खाने कि सुरक्षित…?

हानिकारक रसायन तथा बिशादीहरु सुरक्षित मात्रामा प्रयोग भएका छन कि छैनन…? यो स्वास्थ्यको हिसाबले खान लायक छ या छैन…? यस बारेमा हामी बिरलै सोच्दछौ

-प्रशान्त राउत (Agricultural TEchnology center)

तरकारीको भाउ प्राय हाम्रो गफगाफको बिषय बनिरहन्छ । प्याज, आलु, गोलभेडा, अन्डा, मासु आदीको मुल्यका आधारमा हामी हाम्रो स्थानको र कहिलेकाही त समग्र देशकै अर्थतन्त्रको आँकलन गर्ने प्रयास पनि गर्छौ, मानौ कि मध्यम बर्गियको स्टक् मार्केट जस्तो।एक हिसाबले हेर्ने हो भने कालिमाटी फलफुल तथा तरकारी बजारले निर्धारण गरेको मुल्यले किसान, थोक तथा खुद्रा तरकारी बिक्रेता मात्र होइन समग्र उपभोक्ताहरुकै दैनिक आय ब्ययमा असर गरेकै हुन्छ । त्यसैले त बजारमै पुगेर छानी छानी र मोलतोल गरेर तरकारी किन्नु हामी सबैको दैनिकीको एउटा पाटो बनेको छ । जती सस्तोमा तरकारी पायो त्यती मज्जा । तर यसरी किनेको तरकारी कती सुरक्षित छ ? यसमा हानिकारक रसायन तथा बिशादीहरु सुरक्षित मात्रामा प्रयोग भएका छन कि छैनन ? यो स्वास्थ्यको हिसाबले खान लायक छ या छैन…? यस बारेमा हामी बिरलै सोच्दछौ । हो, सबै सस्तो चिजहरु गुणस्तरहिन हुँदैनन । तर कृषिमा यो अपवाद कमै लागु हुन्छ । यहाँ सस्तोमा उत्पादन हुने बस्तुहरुको गुणस्तरमा कही न कही सम्झौता भएकै हुन्छ ।

उपत्यका भित्रको कुरा गर्ने हो भने, बितेको केही समय यता, यहाँ र आसपासको क्षेत्रमा ठुलो संख्यामा साना तथा माझौला स्तरका कृषि फार्महरु सन्चालनमा आएका छन । भारतबाट आयात गरिएको अस्वस्थ्यकर तरकारीमा निर्भर रहनु परेको अवस्थामा स्ठानिय उत्पादनको बिस्तार हुनु र उपभोगको लागि उपलब्ध हुनु अवश्य पनि सकारात्मक कुरा हो । उपभोक्ताहरुको लागि कृषिजन्य उत्पादन उपलब्ध गराउनुको अतिरिक्त यि ब्यवसायहरुले बातावरण तथा हरियाली बचाइ राख्न तथा असामान्य परिस्थितीहरुमा स्थानिय खाध्य सुरक्षाको पनि सुनिश्चितता कायम गर्दछन । स्थानिय स्तरमा कृषिजन्य बस्तुहरुको उत्पादन तथा उपलब्धता हुनुपर्छ भन्ने बिषयमा महामारि र यसका पारीणामहरुले हामीलाई राम्रै पाठ सिकाइसकेको छ । तसर्थ जोखिम न्युनिकरण, गुणस्तर तथा सुरक्षाको पक्षबाट पनि स्थानिय उत्पादन नै सबै भन्दा उत्कृष्ट प्रणाली हो भन्ने कुरा स्पस्ट छ ।

तथापी, हरेक राम्रा चिजहरुको चुकाउनु पर्ने मुल्य पनि हुन्छन भनेझै स्थानिय उत्पादनका पनि आफ्नै मुल्यहरु छन । स्थानिय बजारको सरल पहुच र न्युनतम ढुवानी खर्चको बाबजुद पनि उपत्यकाका स्थानिय उत्पादन किन महँगा हुन्छन ? यसका विविध कारणहरु छन पहिलो स्वभाविक कारण हो, महँगो जग्गाभाडा । ब्यवसायिक प्रयोजनका लागि उपयुक्त जग्गा जमिनलाई कृषि जस्तो तुलनात्मक रुपमा कम प्रतिफल दिने ब्यवसायको लागि भाडामा दिन जग्गाधनिहरु इच्छुक नहुने तथा भईहाले पनि उच्च भाडा दर कायम गर्ने भएकोले कृषि उद्धमीहरुको अधिकांश लागत जग्गा भाडामा जान्छ । ग्रामीण क्षेत्रको तुलनामा पानीको उपलब्धता पनि कम हुने र ज्याला पनि महँगो हुने भएकोले शहरी क्षेत्रमा कृषि ब्यवसाय सन्चालन गरी मुनाफा कमाउनु असम्भव छैन तर मुश्किल अवश्य छ रासायनिक बिशादीको न्युनतम प्रयोग गरी उपभोक्ताको लागि सुरक्षित खाद्द उत्पादन गर्ने उदेश्यले स्थापना भएका ब्यवसायले त झनै बजारमा चलेको भाउमा तरकारी तथा अन्य कृषिजन्य उत्पादन उपलब्ध गराउन सक्ने कुरै भएन ।

बिशेषगरी काठ क्षेत्रहरुमा स्थापना भईरहेका यस्ता ब्यवसायहरुको संरक्षण गर्न सकेको खण्डमा शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि सुरक्षित खाद्द आपुर्ती गर्नका लागि मार्गप्रशस्त हुनेछ । तर सुरक्षित खाद्द उपलब्ध भएन भनी आवाज उठाउने उपभोक्ताहरु आँफै पनि यस बिषयमा सचेत हुनु आवश्यक छ । सस्तो रोज्ने कि सुरक्षित ? गत बर्ष भारतबाट आयात भईरहेको बिशादीयुक्त तरकारीमा रोक लगाउने क्रममा सिमा क्षेत्रमा रोकिएका ट्रकहरुको लाइन हेर्दा अनुमान लगाउन सकिन्थ्यो वास्तवमा हरेक दिन हामी कती तरकारी र त्यस सँग आउने बिशादीको अवशेश भित्र्याइरहेका रहेछौ ।

यो अवस्थामा केही सुधार ल्याउनका लागि सबैभन्दा पहिले त उपभोक्ताले नै आफ्नो सोचमा परिवर्तन ल्याउनु जरुरी छ । सस्तो खाद्द नै हाम्रो रोजाइ हो भने हालको अवस्थामा सुरक्षित खानेकुरा आफ्नो भान्छा सम्म आइपुग्छ भनेर सोच्नु केवल सपना मात्र हुन्छ । सस्तो खाद्दले औधोगिक कृषिलाई प्रवर्द्धन् गर्न सहयोग गर्छ र औधोगिक कृषिले असुरक्षित खाद्दलाई । डेढ करोड भन्दा बढी कृषकहरु रहेको देशमा सुरक्षित उत्पादनका कडा नियम तथा काइदाहरु लागु गरी नियमन गर्न भन्दा नितिगत रुपमा स्थानिय उत्पादनलाई प्रोत्साहन पुग्ने खाद्द प्रणालिको बिकास गर्न सजिलो होला । यसका लागि खाद्द चक्रमा गासिएका किसान, ब्यापारी, सेवा प्रदायक, उपभोक्ता लगायत सरकारी निकायबाट लगातार प्रयास हुनु आवश्यक छ ।

Related posts

कविता-अक्षर को सरगम

Khoj Sanchar

तिजको रमझम

Khoj Sanchar

मौद्रिक नितिमा कृषि कर्जा सम्बन्धि के व्यवस्था छ …?

Khoj Sanchar