24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

यी ५ कुरा अनुहारमा लगाउनाले कुरुप बनाउँछ

हामी सबैको चाहाना सुन्दर र आकर्षक बन्ने हुन्छ। सुन्दर र आकर्षक बन्ने क्रममा विशेष गरी हामीले आफ्नो अनुहारको विशेष ख्याल राख्ने गर्छौ।

प्रस्तुति : सिर्जना शर्मा

विशेष रूपमा महिलाहरूले आफ्नो अनुहार चम्किलो बनाउने क्रममा बजारमा पाइने विभिन्न कस्मेटिक समानहरु साथै घरेलु सामानहरु प्रयोग गर्ने गर्दछन्। आजभोलि पुरुषहरु पनि आफ्नो अनुहारको ख्याल राख्न उतिकै अग्रसर हुने गरेको देखिन्छ। अनुहारलाई सुन्दर बनाउने क्रममा कहिले काही यस्ता सामानको प्रयोग गरिन्छ जुन कुराले केही समयको लागि त अनुहारमा चमक ल्याउँछ नै तर केही समय बितेपछि अनुहार लाई कुरुप बनाएरै छोड्छ।

१) दन्तमञ्जन
दन्तमञ्जनले अनुहारको डन्डीफोर हटाउछ भनेर धेरैले प्रयोग गर्ने गर्दछन्। तर दन्तमञ्जन १ देखि २ पटक अनुहारमा प्रयोग गर्नाले पहिले पहिले त चम्किलो देखिन्छ तर यसको असरले बिस्तारै चाया, पोतो, एलर्जीको समस्या देखा पर्छ।

२) भिनेगर
भिनेगर अनुहारमा कहिले पनि लगाउनु हुँदैन किनभने भिनेगरमा एसिड मिसाएको हुन्छ। यो लगाउने अनुहार बिस्तारै डढे जस्तो कालो हुँदै जान्छ र अनुहारमा अरु विभिन्न खालको रोग निम्त्याउँछ।

३) वियर
वियरमा पनि एसिड मिसाएको हुन्छ। यो अनुहारमा लगाउनाले छालाको रंगमा आलस्यता ल्याई अनुहारको चमक नै बिस्तारै हराएर जान्छ।

४) पुदिना
पुदिना अनुहारमा लगाउनाले सुरु सुरुमा चम्किलो र सुन्दर बनाउँछ तर यसको प्रयोग धेरै गरेमा बिस्तारै साइड इफेक्ट्स देखिन थाल्छ।

५) सोडा
खाने सोडा र खाने सोडा मिसाएर बनाएको कुनै पनि चीज अनुहारमा लगाउनु हुँदैन। यसको असरले बिस्तारै अनुहारमा डन्डिफोर, चाया पोतो एलर्जीको समस्या देखा पर्छ।

सुरु सुरुमा अनुहारलाई चमकदार बनाए पनि यिनीहरूले स्लो पोइजनको रूपमा अनुहारमा धेरै नोक्सान पुर्याउँछ। साथै छालालाई नराम्रो बनाई दिन्छ। संसारका हरेक मनिसले एउटा सुन्दर रूप लिएर जन्म लिएको हुन्छन्। एकछिन राम्रो हुने बहानामा सधैको लागी कुरुप बनाउने यी कुराहरू अनुहारमा कहिले पनि लगाउनु हुँदैन। प्रकृतिले दिएको सुन्दर रूपलाई बिगार्न तिर नलागौ। अनुहारमा कुनै पनि कुरा लगाउनु पूर्व त्यस बारेमा पूर्ण रूपमा जानकारी लिने बानीको विकास गर्नुपर्छ। विशेष सावधानी अपनाएमा अनुहारमा आउने डण्डफोर, चायापोतो, एलर्जी साथै अरु समस्याले कहिले पनि पीडित हुनु पर्दैन।

Related posts

आध्यात्मिकता र मानसिक स्वास्थ

Khoj Sanchar

जीवन, डर र मृत्यु

Khoj Sanchar

दुर्घतनामा घाइतेको प्राथमिक उपचार

Khoj Sanchar