कीर्तिपुर-किपू काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा रहको ऐतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ।

कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको ‘बहुर्ही’ नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।
किर्तिपूर काठमान्डौं जिल्लाको दक्षिण पश्चिममा अवस्थीत नेवारहरुको बाहुल्यता भएको एतिहासीक र पुरातात्वीक शहर हो । नेपालकोे पहिलो विश्वविधालय (त्रिभुवन विश्वविधालय) बन्नुमा पनि किर्तिपूर नगरबासिको ठुलो यागदान छ । सास्कृतिक र परमपरागत जिवनशैलि र मैलिक परमपराहरु लाई आजको दिन सम्म जोगाईराख्न यहाका जनता सफल देखिन्छन ।

गुन्द्रुक कीर्तिपुर बाट सुरु भएको भनिन्छ।पृथ्वी नारायण शाह ले कीर्तिपुर मा आक्रमण गरेको बेला जती पनि हरियो साग पात थियो सबै नष्ट हुन्छ भनेर कीर्तिपुर बासी ले सबै हरियो साग पात घ्याम्पो मा राखेर माटो ले जमीन मुनि छोपिदिएको थियो। लडाई सकेपछि स्थानीय ले राम्रो सुगन्ध महसुस गरे र माटो पुरेर हेर्दा खान लायक गुन्द्रुक बनिसकेको थियो। त्यसैले गुन्द्रुक को सिर्जना कीर्तिपुर बाट भएको भन्ने जनविश्वास रहेको छ।