24.1 C
Kathmandu
May 19, 2022
विविध

प्रयोग र अवलोकनमा आधारित ज्ञानलाई नै विज्ञान भनिन्छ

विज्ञान त्यो व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, जो कि कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जानका लागि गरिन्छ।

-खोज सञ्चार

विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस्तो पनि भनिन्छ कि विज्ञानको ‘ज्ञान-भण्डार’को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।

विषयसूची
१. प्राकृतिक विज्ञान
२. सामाजिक विज्ञान
३. निगमनात्मक प्रणाली
४ .विज्ञानका प्रमुख शाखाहरू एवं अध्ययन–विषय

१.प्राकृतिक विज्ञान
प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा यसको अध्ययन गर्ने यसको कुनै शाखा। वास्तवामा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ। यसका तीन मुख्य शाखाहरू छन्: भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञान।

२.सामाजिक विज्ञान
मानव समाजको बनावट र यसका सदस्यहरूका क्रियाकलापहरू सित सम्बन्धित अध्ययन हो। यसमा इतिहास, अर्थशास्त्र, समाजशास्त्र, आदि शामेल छन्।

३. निगमनात्मक प्रणाली
निगमनात्मक प्रणाली यो यस्ता विद्याहरूको समूह हो जो दर्शन र विज्ञानका विषयहरूमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग गर्दछन्। यसमा गणित र तर्क सामेल छन्।
प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरूलाई विज्ञान मानिंदैन।

४.विज्ञानका प्रमुख शाखाहरू एवं अध्ययन–विषय

क्र०सं०शाखाहरूअध्ययनकोविषय
अन्तरिक्ष विज्ञानअन्तरिक्ष यात्रा एवं सम्बन्धित विषय
अक्थायोलोजीमाछाहरू एवं सम्बन्धित विषय
अस्टियोलोजीहड्डीहरूको अध्ययन
अर्निन्थोलोजीपक्षीहरूसित सम्बन्धित विषय
अप्टिक्सप्रकाशको गुण एवं त्यसको संरचना
इकोलोजीपरिस्थितिको अध्ययन
इक्क्राइनोलोजीगुप्त सूचनाहरू एवं सम्बन्धित विषय
एनाटोमीमानव-शरीरको संरचना
एयरोनटिक्सविमानहरूको उडान
१०एस्ट्रोनमीताराहरू एवंग्रहहरूसित सम्बन्धित विषय तथा आकाशीय पिंडहरूको अध्ययन
११एग्रोलोजीभूमि (माटो)को अध्ययन
१२एंटोमोलोजीकिरा एवं सम्बन्धित विषय
१३एरेक्नोलोजीमाकुरा आदि को एवं सम्बन्धित विषय
१४एम्ब्रायोलोजीभ्रूण एवं सम्बन्धित विषय
१५ओशनोग्राफीसमुद्रसित सम्बन्धित विषय
१६कस्मोलोजीब्रम्हाण्डको अध्ययन
१७क्रिप्टोग्राफीगुप्त लेखन अथवागूढ लिपि
१८गायनोकोलोजीस्त्री जातिसित सम्बन्धित प्रजनन अंगहरूको अध्ययन
१९जियोलोजीपृथ्वीको आन्तरिक संरचना
२०जेम्मोलोजीरत्न हरूको अध्ययन
२१टेराटोलोजीट्‌यूमरको अध्ययन
२२टैक्टोलोजीपशु – शरीरको रचनात्मक संघटन
२३डर्मेटोलोजीछाला एवं सम्बन्धित रोगहरूको अध्ययन
२४डेन्ड्रोलोजीवृक्षहरूको अध्ययन
२५डेक्टाइलोजीअंकहरू(संख्याहरू)को अध्ययन
२६न्यूरोलोजीनाडी स्पंदन एवं सम्बन्धित विषय
२७न्यूमिसमेटिक्समुद्रा – निर्माण एवं अंक
२८पैथोलोजीरोगहरूको कारण एवं सम्बन्धित विषय
२९पैलिओंटोलोजीजीवाश्म एवं सम्बन्धित विषय
३०पैरासाइटोलोजीपरजीवी वनस्पतिहरू एवं जीवाणु
३१फायनोलोजीजीव-जन्तुहरूको जातीय विकास
३२ब्रायोलोजीदलदल एवं हिलोको अध्ययन
३३बैलनियोलोजीखनिज निष्कासन एवं सम्बन्धित विषय
३४बायलोजीजीवधारीहरूको शारीरिक अध्ययन
३५बोटनीबिरुवाहरूको अध्ययन
३६बैक्टीरियोलोजीजीवाणुसित सम्बन्धित विषय
३७मिनेरालोजीखनिजहरूको अध्ययन
३८मेटेरोलोजीवातावरण एवं सम्बन्धित विषय
३९माइक्रोलोजीझ्याउ एव सम्बन्धित विषय
४०मायोलोजीमांस-पेशीहरूको अध्ययन
४१रेडियोबायोलोजीजीव-जन्तुहरू माथि सौर्य विकिरणको प्रभाव
४२लिथोलोजीचट्‌टान एवं ढुङ्गा हरूसित सम्बन्धित विषय
४३लिम्नोलोजीझीलहरू एवं स्थलीय जलभागहरूको अध्ययन
४४सीरोलोजीरक्त सीरम एवं रक्तआधानसित सम्बन्धित
४५स्पलैक्नोलोजीशरीरका आन्तरिक अंग एवं सम्बन्धित
४६स्पेस बायलोजीपृथ्वी बाहिरका आन्तरिक जीवनको सम्भावनाको अध्ययन
४७हीमेटोलोजीरक्त एवं सम्बन्धित विषयहरूको अध्ययन
४८हेलियोलोजीसूर्यको अध्ययन
४९हरपेटोलोजीसरीसृपहरू (साँपआदि)को अध्ययन
५०हिस्टोलोजीशरीरका ऊतक एवं सम्बन्धित विषय
५१हिप्नोलोजीनिद्रा एवं सम्बन्धित विषयहरूको अध्ययन

Related posts

कविता – किर्तिपूर

Khoj Sanchar

तिजको रमझम

Khoj Sanchar

कृषिमा विविधता, आवश्यक कि अपरिहार्य ?

Khoj Sanchar