27.1 C
Kathmandu
June 25, 2022
विविध

सुपर इगो कलाकारको मानसिकतालाई असन्तुलित बनाउन सक्छ

विश्व चित्रकला जगतको पाना पल्टाउदा कलाको उत्पत्ति गुफाबाट नै भएको प्रस्ट हुन्छ । यकिनका साथ कहिले र कसरी शुरु भयो भन्न सकिन्न तर बोलेर बुझ्नु भन्दा चित्रबाट बुझ्न सजिलो हुने भएकै कारण यस विधाको व्यापक प्रयोग भएको हुनुपर्दछ । यथेष्ट प्रमाणहरु नभएकै कारण पनि चित्रकलाको विकास कहाँबाट र कहिले भयो भन्ने कुरा अन्यौलमा छ ।

बोल्न नसक्ने, कानले सुन्न नसक्ने मानिसहरुको सजिलोको लागि साथै जुन बेला भाषाको विकास भएको थिएन त्यसबोला चित्रकलाको अत्याधिक प्रयोग भयो । एकै धर्कोले आफ्नो मनको कुरा अभिव्यक्त गर्न सकिने कलाको विकास जुन बेला देखी भयो त्यस बेला देखी नै मानव जातिमा आफ्ना मनका कुराहरु सम्पे्रसण गर्न सजिलो माध्यमका रुपमा चित्रकलालाई प्रयोग गर्न थाले ।

अजन्ता गुफा, एलोरा गुफालाई या चाहे विश्वका कयौ दविएका ठूलाठूला गुफाहरु हुन् ति गुफाहरुमा अंकित सिकारका चित्र, कथाका चित्र, जनावरका चित्रहरुले चित्रलाई दैवीय शक्तिका रुपमा पनि लिएका छन् । त्यसैले त कलालाई जादु र कलाकारलाई जादुगरको संज्ञा दिइयो । कलाकार आफ्नो जादुगरी मायाको सिर्जना गर्दै भित्ता र गुफाहरु भर्न थालेका थिए । जुन अहिले ऐतिहासिक दस्तावेजको रुपमा हाम्रा अगाडी छन् ।

व्याचम्यानका अनुसार जब आँखाले कुनै कुरा प्रत्यक्षीकरण गर्दछ, तब त्यो कुरा मतिष्कमा पुग्दछ । मस्तिष्क एउटा यस्तो ठाउँ हो, जहाँबाट चेतन अर्धचेतन र अवचेतन सम्बन्धी प्रकृयाहरु हुन्छन् । कलाकारहरुले पनि ज्ञानात्मक क्रिया अन्तर्गत केही कुरा चेतन अवस्तथाको सोच्दछ । चेतन अवस्थामा परिकल्पना गरिएको कुराहरुलाई मूर्त रुप दिन कलाकार रंग र ब्रस उठाउदै क्यानभासमा उतारिन्छ । क्यानभास एक यस्तो मैदान हो जहाँ कलाकारको रेखाकंनबाट आफ्नो परिकल्पनालाई मूर्त रुप दिन सक्रिय हुन्छ । रेखाकंनको कार्य सकिए पछि रंङ्ग लेपन कार्य प्रारम्भ हुन्छ । रंङ्गको समिश्रण तथा लेपन अर्को एक पूर्ण चेतनामूलक कार्य हो । चित्रकलाको ज्यान भन्नाले रंगलाई नै बुझिन्छ । रंङ्गविनाको चित्र अपूरो छ । रंङ्ग नै चित्रकलाको मेरुदण्ड हो । रंङ्गबाट माधुर्य उत्पन्न हुन्छ ।

फ्रायडको मनोविज्ञान अनुसार मन एउटा अमूर्त वस्तु हो । मनलाई देख्न सकिन्न तर मनका कुराहरु अनुभव गर्न सकिन्छ । चेतन मन, समय र समाजको नियम कानून वा बन्धनहरुद्वारा परिचालित एवं परिवेष्ठित हुने हुँदा यसले व्यक्तिका अन्यत्र प्रकृतिहरुको प्रदर्शन र कहिलेकाही प्रस्फुटनमा समेत वाधा पर्ने देखिन्छ । परिणामस्वरुप अब्यक्त इच्छाहरु स्वान्तरित वा नक्कली रुपमा प्रदर्शित हुन जान्छन् ।

आकारात्मक मनका तिन पक्ष हुन् । चेतन (Conscious),  अवचेतन (Fore Conscious) र अचेतन(Unconcious) मध्ये अचेतन मन मानिसको सम्पूर्ण मनको एउटा प्रमुख भाग हो । मानवको प्रत्येक आन्तरिक एवं बाह्य क्रियाहरुको संचालन पनि यहि हो । आखिर कलाकारले जुनसुकै शैलीका वादलाई अंगीकरण गरेर चित्र बनाएता पनि कुनै बखत कुनै समयमा कलाकारको अचेतन मन भित्र प्रभाववादी शैली विजारोपनण भइसकेको हुनुपर्दछ कलाकारलाई एउटा यस्तो समयको पर्खाइ हुन्छ जसमा उनीहरु क्रान्तिकारी भएर हिजोका सम्पूर्ण मान्यता आदर्शहरुलाई भत्काउदै प्रभाववादी शैलीमा चित्रहरु बनाउन उठे अनि बनाए पनि ।

फ्रायड लेख्छन्, मनको गयात्मक पक्ष ईड, इगो र सुपर इगोले पनि कलाकारलाई निर्देशित गरेको हुन्छ । जव कलाकारले आफुले इच्छा गरेको जस्तो चित्र बनाउदछ तव उसमा सुपर इगोाको प्रभुत्व हुन्छ । सुपर इगो अर्को अवस्था पनि हो जसले कलाकारको मानसिकतालाई असन्तुलित बनाउन सक्छ । घमण्डी हुने, कसैलाई नभेट्ने, झर्किने, फन्किने आदि इत्यादी कार्यहरु उनीहरु देखाउँछन् । क्यानभास यसका ज्वलन्त नमूना हुन् ।

अमूर्त सौन्दर्यद्धारा मानिस सार्वभौमसत्तासँग तादाम्य स्थापित गर्न सक्दछ जहाँ वस्तुको आन्तरिक गुण सौन्दर्यलाई आत्मसाथ गरे रंग र रुपद्वारा सारभुत अस्तित्वलाई रुपाकारमा प्रकाशित गर्नुपर्दछ ।

विश्वका विभिन्न कला समिक्षकहरुले आफ्ना धारणा राखेको पाइन्छ ।सबैको बेग्लाबेग्लै समिक्षाहरु देख्न पाइन्छ।बेञ्जान्टाइनकला, इजिप्ट कला, एलोरा गुफाका कलाहरु संसारका नमूना कृति हुन् । कला समिक्षकहरु आफ्ना धारणाहरु राख्दै भन्छन्, यस्ता कलाबाट नै अहिलको कला विकास भएको हो । कला विकास परापूर्व कालबाट नै हुदै आएका हुन् । पश्चिम कलाको विकास होस् या अरु नै कला विकासमा पूर्वजहरुकै देन भएको समिक्षकहरु बताउँछन् ।

रेनेसा, मध्य रेनेसा,उच्च रेनेसा दखि पप आर्ट, मोर्डन आर्ट सम्म आउदाको क्रमिक विकसमा एक पछि अर्को द्वन्द र घम्साघम्सीकै कारण कलाको विकास हुदै आएको पाइन्छ । वरिष्ठ देखी कनिष्ठ सम्मका कलाकारहरुले आफ्नो क्षमता देखाएकै कारण कलाको विकासमा निसंकोच रुपले द्रुतगति लिएको हो । पश्चिमी कालकारहरु मध्ये लियोनार्दो दा भिञ्ची, माइकल एन्जेलो, रेम्ब्रान्ट आदि कलाकारहरुले विशेष आफ्नो कला कौसल देखाएका थिए।जसका कारण पनि ति कलाहरुले अहिले सम्म पनि चर्चा पाइरहेका छन्।

कलाकार पिकासो भन्छन्, “सबै बच्चाहरु कलाकार हुन् खाली आफुमा भएको खुवीलाई पहिचान गर्न सके सफलता हासिल गर्न सकिन्छ” । विख्यात कलाकारहरु आफ्ना सृजनाले विश्व हल्लाउन प्रत्येक दिन खोजीरहेका हुन्छन् । कलामा पूर्ण रुपमा डुवुल्की मार्नु नै कलाको व्यापक खोजी गर्नु थियो । त्यसैले पनि कलाकारहरु आफ्ना कलालाई निखार्न निरन्तर डुबुल्की लिन थालेका थिए । २१औं शताब्दी सम्म आइपुग्दा कलाको निखारतालाई तुलना गर्न गाह्रो विषय भएको छ ।

कला जगत्मा पश्चिमी कलाको ठूलो योगदान रहेको छ । कला देखी कलाकारहरुसम्म पनि पश्चिमी कलाको वर्णन गर्न लायक देखिन्छ । यर्थाथवाद होस् या आधुनिकवाद होस् जुन सुकै वादमा पनि कलाले डुबाएको देखिन्छ ।

मानव समाजमा कलाको विकास र कला प्रतिको मान्यताले के कस्ता वादहरु प्रस्तुत गर्यो र कसरी ब्राण्ड प्राप्त गर्यो भन्ने खोजीको विषय भएको छ । चित्रकला अथवा मूर्तिकलाको मान्यता विश्वभर कयौ शताब्दी सम्म यथार्थ वादले आफ्नो प्रभुत्व जमायो । त्यसको मुख्य कारण प्रकृतिबाट प्रभावित प्रोत्साहन अन्तर्गत हुवहु प्राकृतिक दृश्य या अन्य दृश्यहरुको चित्रण गर्नु नै कला हो भन्ने मान्यता थियो । यस मान्यता कलाकारहरुमा भएता पनि कलाकारहरुको विच बेग्लाबेग्लै मान्यताहरु थिए । कलाकारहरुले आफ्नो कलाको विकास गर्नका लागि आ–आफ्नो तरिकाबाट कला आन्दोलनको शुरुवात गरेका थिए । ख्याति प्राप्त डच कलाकार रेम्ब्राण्टको बिचारमा प्रकृतिबाट प्राप्त ज्योती र अन्धकारको समन्वय कलाकारले आफ्नै किसिमबाट गर्नुपर्छ । प्रकृतिबाट प्राप्त प्रकाश र अन्धकार जस्ताको तस्तै उतार्नु होइन ।

रेम्ब्रान्टका चित्रमा प्रकाश र अन्धकार नाटकीय र अन्धकारमा विश्वास पूर्ण रुपले थिएन । यस विपरीत आफ्नो आवश्यकता अनुसार प्रकाश र अन्धकारको संयोजन गर्नु नै उनको मुख्य विषय थियो । यस किसिमको मान्यता र सोचाइले पनि आधुनिक कलाको आविष्कार भएकोमा दुइमत छैन ।

लेखक र कलाकार: अजय देशार

Related posts

कृषिमा विविधता, आवश्यक कि अपरिहार्य ?

Khoj Sanchar

तिजको रमझम

Khoj Sanchar

कविता – किर्तिपूर

Khoj Sanchar