24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

यी खाने कुरा पुन तताएर खाएमा स्वास्थमा बिष सरह काम गर्छ

अहिलेको व्यस्त जीवन शैलीको कारणले पकाएको खाना सेलाउँछ अनि फेरि तताएर खानु पर्ने हाम्रो बाध्यता जस्तै बनेको छ।

धेरै जसो त घरको भन्दा पनि बाहिरको खाना नै खाने गरिन्छ कि त दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ। खानेकुरा पौष्टिक तत्वको स्रोत त हो, त्यसलाई सन्तुलित ढंगले सेवन गर्नुपर्छ। खानेकुरा कसरी, कहिले, कति खाने भन्ने कुराको ज्ञान हामीमा हुन एकदम जरुरी हुन्छ। भोक लागेपछि जे भेट्यो त्यही जथाभावी रूपमा खाने हाम्रो बानी हुन्छ। यस्तो नराम्रो बानीले हाम्रो स्वास्थमा एकदमै असर पुर्याइरहेको हुन्छ। खानेकुरा र खाने शैलीकै कारणले गर्दा नै हाम्रो शरीरमा विभिन्न रोग उत्पन्न हुने गर्दछ। हरेक प्रकारको खानेकुरा तताएर खाने हाम्रो बानी हुन्छ। तर यस्तो बानी छ भने अव सावधान हुनुस्। कुनै यस्ता खाना छन्जु न एक पटक पकाई सकेपछि पुन तताउँदा त्यसमा रहेको पोषक तत्व नष्ट हुने गर्दछ साथै यस्तो खानाले हाम्रो स्वास्थमा बिष सरह काम गर्छ।
१) च्याउ
च्याउलाई प्रोटिनको भण्डार नै मानिन्छ । पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमा पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ। जसले गर्दा हाम्रो शरीरको लागि अति हानिकारक हुन्छ। बरु चिसो नै खान सकिन्छ।
२) मासु, अण्डा
कुनै पनि प्रकारको मासुजन्य खानेकुरालाई एक चोटि पकाई सकेपछि पुन तताएर खाएमा यो बिष सरह बन्छ। अपच, कबजियत बाट रोग सुरु भई अरु विभिन्न प्रकारका रोग निम्त्याउँछ।
३) पालुंगो
पालुंगोको सागलाई एक चोटि पकाई सकेपछि दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ र यो साग खानु र नखानु को कुनै औचित्य रहँदैन।
४) आलु
तरकारीको राजा मानिने आलुलाई स्वास्थ्यबर्धक मानिन्छ। तर आलुलाई एक चोटि पकाई सकेपछि पुन तताएमा त्यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ। आलु खाएर पेट त भएरिन्छ तर शरीरलाई कुनै पोषक तत्व प्राप्त हुँदैन। साथै यसले हाम्रो शरीरलाई पनि असर गर्छ।
५) भात
भातलाई पनि दोस्रो पटक तताएर खानु स्वास्थ्यका लागि लाभदायक मानिदैन। भातलाई दोस्रो पटक तताउँदा त्यसमा भएको पोषण नस्ट भएर जान्छ। यस्तो भात खाएमा फुड पोइजनिङको खतरा हुन्छ।

साथै तेलमा पकाएको कुनै पनि खाना पुन तताएर खानु र खाना पकाउँदा एकपटक प्रयोग गरेको तेलमा अर्को खाना बनाएर खानु स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ। हामी जति नै व्यस्त भए पनि खाने कुरा मा कहिले हेलचेक्राइँ नगरौ, पोसिलो र सन्तुलित खाना खाने गरौ। सकेसम्म आफैले घरमा ताजा खाने कुरा बनाएर खाने बानीको विकास गरौ। हामीले खानेकुरा सही तरिकाले खाएमा धेरै रोगको सिकार हुनबाट बाँच्न सकिन्छ। सबै भन्दा पहिले आफ्नो शरीर को ख्याल गरौ, स्वस्थ शरीर भएमा मात्र जीवनलाई सुखमय बनाउन सकिन्छ। स्वास्थ्य नै जीवनको सबै भन्दा महत्त्वपूर्ण कुरा हो भन्ने भनाई लाई कहिले बिर्सिनु हुँदैन।

प्रस्तुति: सिर्जना शर्मा

Related posts

खाना खाने बित्तिकै गर्न नहुने कुरा, निम्त्याउँछ विभिन्न रोग

Khoj Sanchar

सुन्दर शरीर भन्दा पनि स्वस्थ शरीर बनाउन तिर लाग्नुहोस्

Khoj Sanchar

अनुहारमा आएको डन्डिफोरलाई घरेलु उपाय बाट हटाउनुहोस्

Khoj Sanchar