24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

सुन्दर शरीर भन्दा पनि स्वस्थ शरीर बनाउन तिर लाग्नुहोस्

सुन्दर बन्न कसलाई पो मन लाग्दैन र तपाई, म, हामी सबैको चाहना सुन्दर र आकर्षक बन्ने हुन्छ। सुन्दर शरीर बनाउनका लागि सवप्रथम हामी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्दछ। किनभने विभिन्न प्रकारको रोग वाट शिकार भएको मानिस पक्कै पनि सुन्दर देखिँदैन र शरीर स्वस्थ भएमा हामी जीवनको जस्तो सुकै पहाड पनि चढ्न सक्छौ। आजभोलि हामी आफ्नो भित्री शरीरको ख्याल राख्ने भन्दा पनि बाहिरी रूपमा आकर्षित देखिन तिर लागेका छौ। महंगा, महंगा क्रिम पाउडर, लुगा कपडा, गहना हार लगाएर आफूलाई सुन्दर देखाउनु भनेको सीमित समयका लागि देखावटी रूपमा आकर्षित देखिनु मात्र हो। शरीरलाई स्वस्थ राख्नका लागि सर्वप्रथम त हाम्रो दैनिक जीवनको क्रियाकलाप, खानपान र जीवनशैली सही प्रकारको हुनु पर्दछ।कसरी बनाउने त स्वस्थ शरीर…?
१) योग, ध्यान एवं शारीरिक व्यायाम
शरीरलाई स्वस्थ राख्नका हामीले दैनिक रूपमा योग, ध्यान एवं शारीरिक व्यायाम गरी शारीरिक र मानसिक रूपमा स्वस्थ बन्न सक्छौ। हरेक दिनको योग, ध्यान र शारीरिक व्यायामले शरीरमा जोश जाँगर र शान्तिको अनुभव प्रदान गरी हाम्रो मनलाई एकाग्र बनाउँछ। साथै शरीरमा पर्याप्त अक्सिजन सप्लाइ गरी रोग संग लड्ने क्षमता वृद्धि गर्दछ र शरीरमा भएको धेरै किसिमको रोगलाई निको पार्न मद्दत गर्दछ।
२) पौष्टिक आहार शरीरलाई स्वस्थ राख्नका लागि पोषणले भरिपूर्ण सन्तुलित खानपिन गर्नु पर्छ। हामी हिँड्छौ, बस्छौ, खेल्छौ, काम गर्छौ यस अवस्थामा शरीरलाई चाहिने आवश्यक उर्जा खानपानबाटै प्राप्त हुन्छ। हामीले खाने खाना मनले र जिब्रोले मागेको भन्दा पनि हाम्रो शरीरलाई कस्तो खाना खाँदा फाइदा पुग्दछ त्यस्तो खाना खाने गर्नु पर्छ। साथै खाना को तालमेल मिलाएर खान पनि एकदम जरुरी छ। खानामा तरकारी, फलफूल, सलाद आदि सबै पौष्टिक सामग्री समावेश गर्नुपर्छ साथै ताजा खाने र जंकफुडबाट टाढा रहेको राम्रो हुन्छ। साथै प्रशस्त पानी पिउने गर्नु पर्दछ।
३) सरसफाइमा ध्यान शरीरलाई स्वस्थ राख्न सरसफाईमा विशेष ध्यान दिन जरुरी छ। शरीर जति सफा रह्यो, रोग लाग्ने सम्भावना पनि उत्तिकै कम हुने गर्छ। शरीरलाई स्वस्थ राख्न प्रत्येक दिन नुहाउन जरुरी हुन्छ। नुहाउनाले शरीरको दुर्गन्ध कम हुनुका साथै विभिन्न रोगको सिकार हुन बाट जोगाउछ। खाना खाइसकेपछि अनिवार्य रुपमा दात माझ्नु पर्दछ।
४) कुलत बाट टाढा स्वस्थ शरीरको लागि कुलतबाट टाढा रहनु पर्दछ। धूम्रपानको सेवनले फोक्सोमा अल्सर उत्पन्न हुन्छ र मद्यपानको सेवन गर्दा शरीरको विभिन्न भागमा नकारात्मक असर पुर्याउँछ भने सुर्तीजन्य पदार्थको सेवनले मुखमा क्यान्सरसमेत हुने गरेको देखिन्छ र मानिसहरूको अकालमा मृत्युसमेत हुन्छ। साथै रक्सीले सबैभन्दा पहिले मस्तिष्क र पेटमा नकरात्मक असर गर्छ ।  
५) पर्याप्त निद्रा स्वस्थ शरीरको लागि २४ घण्टामा ७ देखि ८ घण्टा गहिरो निदाउनु आवस्यक हुन्छ। आजभोलि हामीले सुत्ने समय कुन बेला भन्ने कुरा नै बिर्सिसकेको छौ। बेलुका छिटो सुत्ने र बिहान चाँडो उठ्ने बानी बसाल्नु शरीरको लागि लाभदायक हुन्छ। पर्याप्त निद्राले शरीर र दिमागलाई स्फूर्त बनाउँछ। शरीरलाई पर्याप्त मात्रामा निद्रा नपुग्दा शरीर बोझिलो हुने, आलस्य बढ्ने साथै अनिद्राले गर्दा हाम्रो दैनिकी खलबलिन्छ र शरीरको कार्य संचालनमा समस्या ल्याई विभिन्न रोग को सिकार समेत बनाउँछ। यसरी आफूमा भएको नराम्रा कुराहरू त्यागेर राम्रो कुरा तर्फ ध्यान केन्द्रित गरी राम्रा कुरा लाई अनुसरण गरेमा स्वस्थ, सुन्दर र खुसी भएर जीवन जिउन सकिन्छ। स्वास्थ भनेको सबैभन्दा ठूलो र महत्वपूर्ण उपहार हो। त्यसलाई सम्हाल्न सकेमा मात्र आफूलाई जोगाउन सकिन्छ मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै काम हुँदैन। त्यसैले आफ्नु दैनिक क्रियकलाप, खानपान, जीवन शैलीलाई आजै बाट सही बनाउन तिर तत्पर हौ।

जीवन अवसर हो, सदुपयोग गर्नुहोस्।
-मदर टेरेसा

प्रस्तुति: सिर्जना शर्मा

Related posts

प्राण शक्ति अर्थात् प्राणायाम

Khoj Sanchar

खाना खाने बित्तिकै गर्न नहुने कुरा, निम्त्याउँछ विभिन्न रोग

Khoj Sanchar

रिस (Anger)

Khoj Sanchar