24.1 C
Kathmandu
May 19, 2022
स्वास्थ्य

स्मरण शक्ति बढाउन रंगीन फलफुल

स्मरण शक्ति बढाउन रंगीन फलफुल

हरिया फलफूल तथा तरकारीलाई वैदिक कालदेखि नै औषधिका रूपमा प्रयोग गरिँदै आइएको पाइन्छ। दिनहुँ भान्सामा प्रयोग गरिने हरिया, राता, पहेँला, निला र सेता फलफूल तथा तरकारीमा पाइने पोषणतत्त्वबारे धेरैलाई कम जानकारी हुन सक्छ।

यस्ता रंगीन आहार (कलरफुल डाइट)मा नेत्रज्योति वृद्धि गर्ने, दाँत र हड्डी बलियो बनाउने, छाला सुन्दर बनाउने, मुट–फोक्सो बलियो बनाउनेलगायतका तत्त्व पाइन्छ ।हरिया सागपात, बन्दागोभी, सिमी, ब्रोकाउली, हरियो प्याज, हरियो मटर, नासपाती, हरियो अंगुर र हरियो स्याउमा आँखाको ज्योति बढाउने क्षमता हुन्छ। हरिया रंगका फलफूल तथा तरकारीमा पाइने सल्फोराफिन, इन्डोल, ल्युटिन, आइसोथायोसानेट लगायत पोषणतत्त्वमा आँखाको ज्योति बढाउने क्षमता हुन्छ । यसले दाँत र हड्डी बलियो बनाउँछ । हरिया सागपात नियमित सेवन गर्नाले भिटामिन ए, बी कम्प्लेक्स एवं सी प्राप्त हुन्छ । यसबाट क्याल्सियमको कमी पूरा हुन्छ ।

स्मरण शक्ति बढ्ने
राता रंगका फलफूल तथा तरकारीमा लाइकोपेन र एन्थोसायनिन पाइन्छन् । यसले स्मरणशक्ति बढाउन र क्यान्सर हुने खतरा कम गर्न सहयोग गर्छ । टमाटर, रातो अंगुर, गाजर, स्ट्रबेरी, तरबुजा, रातो खुर्सानी, चेरी, स्याउ, अनारमा पाइने पोषणतत्वले शरीरमा ऊर्जाशक्ति बढाउँछ, दिनभर शरीर फुर्तिलो बनाउँछ । ।

रोग प्रतिरोधक क्षमता बढ्ने
पहेँलो तथा सुन्तला रंगका फलफूल तथा तरकारीमा पाइने अल्फा केरोटिन, बिटा केरोटिन, भिटामिन सी, बायो फ्लेबोनाइड आदिले रोग प्रतिरोधक क्षमता बढाउँछ । छालालाई स्वस्थ र जवान राख्छन् । सुन्तला, कागती, आप, भुइँकटहर, नासपाती, आरु, मेवा, किबी, गाजर, पहेँलो टमाटर, पहेँलो भेंडेखुर्सानी, खरबुजा, मकैले फोक्सो मजबुत बनाउन र हृदयघात हुनबाट बचाउँछ । यस्ता फलफूल र तरकारीले रतन्धोमा पनि फाइदा पुर्याउछन्।

कोलेस्ट्रोल घटाउँछ
सेता रंगका फलफूल तथा तरकारीमा पाइने एलिसिन, फ्लेबोनाइड आदि न्युट्रिएन्ट्सले कोलेस्ट्रोल लेभल कम गर्छ, मुटु स्वस्थ राख्छ । केरा, मुला, मसरुम, काउली, आलु, सेतो प्याज, लसुनले क्यान्सर वा ट्युमर हुने सम्भावना पनि कम गर्छ।

मुटु मजबुत
निलो रंगका आलुबखडा, पर्पल अंगुर, ब्ल्याक बेरी, ब्लु बेरी, पर्पल बन्दागोभी, भान्टा फल तथा तरकारीमा पाइने एन्थोसायनिनले छालालाई स्वस्थ र जवान राख्छ । यसले मुटु मजबुत बनाउनुका साथै क्यान्सर हुने सम्भावना पनि कम गर्छ ।

Related posts

निन्द्रा र हाम्रो स्वास्थ्य

Khoj Sanchar

तितेपातीको यसरी प्रयोग गर्नुहोस् यति धेरै रोगहरु ठीक हुन्छ

Khoj Sanchar

जीवन, डर र मृत्यु

Khoj Sanchar