24.1 C
Kathmandu
October 2, 2022
जीवनशैली

सुन्दर शब्दले सम्बन्ध मजबुद बनाउँछ

सबन्धलाई मानिसहरु व्यापारिक रुपले हेर्ने गर्छन्। सम्बन्ध व्यपारिक होइन व्यवहारिक बनाउनु सिक्नुपर्छ। आफुलाई फाईदा पुग्ने सँग मात्र होइन नराम्रो सोच्नेसँग पनि मिठो बोलिदिनुस एकदिन आफै झुक्नेछन्।

एक– अर्कालाई आरोप लगाएर समस्याको समाधान कदापी हँुदैन। यस्तो व्यवहारले भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने, धेरै स्वतन्त्रता र स्वार्थपन पनि खराब सम्बन्धको एक पार्ट हो। तसर्थ जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ।

सम्बन्धमा खटपछ आउनुमा एक अर्काबीच हुने संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ।मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ। उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ।

रक्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा मानिसले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् उनीहरुको सम्बन्ध निकै राम्रो भएको बताएको छ। उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो। जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए। अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो।

उक्त अध्ययनमा एकअर्का बिच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइएको छ। वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन्।

सानो विषयमा पनि नसोचि तुच्छ प्रतिक्रिया दिने बानिले पनि हामिलाई समस्या हुनसक्छ। तसर्थ जस्तो विषयलाई पनि मिठो शब्दले प्रतिक्रिया दिने गर्नुपर्दछ। दोस्रोको सम्मान र सकरात्मक सोच राख्नुपर्दछ। सम्बन्ध मजबुद बनाउन सोचेर बोल्ने बानिको विकास गर्न अनिवार्य छ।

Related posts

संगीत, मन र मेडिसिन

Khoj Sanchar

सम्यक स्मृति (Right Mindfulness)

Khoj Sanchar

तनावमुक्त जीवन जिउने कला

Khoj Sanchar